नुवाकोट- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुरुयोजना बनाएर व्यवस्थित शहरीकरणसहितको आधुनिक प्रदेशका रुपमा स्थापित गराइने बताएका छन्।
शुक्रबार नुवाकोट पुगेका मुख्यमन्त्री पौडेलले विदुर नगरपालिकाको स्वागत कार्यक्रममा प्रदेश ३ मा विकासका पर्याप्त सम्भावना रहेको बताए।
मुलुकको विकास गर्न स्थानीय तह र प्रदेशबीचको सहकार्य राम्रो हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो। 'अधिकारसम्पन्न प्रदेश र स्थानीय तहलाई केन्द्रले बढी अधिकार भयो भनिरहेको छ, यसलाई जोगाउन प्राप्त अधिकार कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ', उनले भने।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले जनप्रतिनिधिलाई सम्मान र बधाई लिएर नहिँड्न निर्देशन लिए। मुख्यमन्त्री र मन्त्रीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र सञ्चालित कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।