सिन्धुली- राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली सिन्धुलीको मुलकोट पुगेको छ। साइकल यात्रामा २ सय ११ जना यात्री सहभागी छन्।
टाेलीमा पुरुष १ सय ५० जना र महिला २१ जना साइकलयात्री छन्। ३० जना सहयोगी छन्। काठमाडौंको पशुपति मन्दिरदेखि ऐतिहासिक सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म हुने साइकल यात्रामा निस्केकाे टाेलीलाई पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद गणेश पहाडीलगायतले पशुपतिनाथ मन्दिर परिसरबाट विदाइ गरका थिए।
विदाइका क्रममा मन्त्री भट्टराईले विश्व साइकलयात्री पुस्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए। साइकलयात्रीहरु पशुपति मन्दिरपरिसरबाट सिनामंगल कोटेश्वर हुँदै भक्तपुर पुगेपछि भक्तपुर पर्यटन बोर्डले स्थानीय जुजु द्यौ (दही) ले स्वागत गरेको थिए।
.jpg)
साइकलयात्रीलाई बनेपामा पनि सुलभ सहकारीले भब्य स्वागत गरेकाे थियो। नेपाली सेनाले भकुण्डेबेसीमा साइकलयात्रीका लागि स्वास्थ्य शिविरको आयोजना गरेको थियो। मुलकोटमा मुलकोट बिकास समाजको संयोजनमा साइकलयात्रीको स्वागतमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
.jpg)
'साइकलयात्रीलाई काठमाडौंदेखि मुलकोटसम्म स्थानीय सरकार, संघसंस्था, सेना, प्रहरी, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरुले स्वतस्फुर्त रुपमा गरेको स्वागतले हामी निकै उत्साहित भएका छौं,' साइकल यात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, 'राइड थ्रु सिन्धुलीगढीमा जसरी साइकलयात्रीको सहभागीता बढ्दै गएको छ, त्यसैगरी सर्बसाधारणको उत्साह पनि चुलिँदैछ।'
.jpg)
यस बर्षको साइकल यात्रामा महिलाको संख्या उल्लेख्य छ। संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएकाले महिलाको संख्या धेरै भएको घिमिरेले जानकारी दिए।
.jpg)
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्द्ध गर्न चार बर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ। राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए।
.jpg)
साइकलयात्री शनिबार ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुग्नेछन्। बाटोमा पर्ने गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा जुनार सुपरजोन कार्यक्रम र स्थानीय जुनार सहकारीले साइकलयात्रीको स्वागतमा जुनार महोत्सव राखेका छन्।
.jpg)
काठमाडौंबाट हिडेका साइलयात्री झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर आइतबार जनकपुर पुग्ने छन्। अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छ। 'राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भाबनात्मक रुपले जोड्ने छ,' अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।