काठमाडौं- अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ।
लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तरराष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस(एपी)को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्याउनुभएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए।
आफ्नो पेशामा पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उनका समकालीन र पछिल्ला पुस्ताले पेशागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए। उनको शनिबार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।