पोखरा- नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ।
डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले आफ्नो बार्षिक साधारणसभाको अवसरमा पत्रकारद्वय सिवाकोटी र भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो। हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटी र राष्ट्रिय समाचार समिति (रासस)का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मान गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिइन्।
पोखरामा शुक्रबार आयोजित डिएलएको बार्षिक साधारणसभामा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारिता सम्मान तथा भण्डारीलाई क्रियाशिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका थिए।
साधारणसभामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए। साधारणसभाले पोखरा घोषणापत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए। प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ सालमा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।