काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कवड्डी खेलको भेन्यु (स्थान) परिर्वतन भएको छ।
कीर्तिपुरको स्मृति भवनमा हुने भनिएको कवड्डी अब हलचोकस्थित एपीएफको कभर्डहलमा हुने भएको छ। पहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्राविधिक टोलीले कीर्तिपुरमा १३औं सागको कवड्डी खेल आयोजना गर्न सकिने भन्दै भेन्यु सार्वजनिक गरेको थियो।
तर आज (शुक्रबार) त्यहि प्राविधिक टोलीले खेल्ने मैदान (कोर्ट) अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै भेन्यु परिवर्तन गरेको हो। नेपाल कवड्डी संघकी अध्यक्ष तुलसा थापाले अन्तर्राष्ट्रिय मापदन्डअनुसारको नभएकाले खेल्ने स्थान परिवर्तन गरेको बताइन्।
उनले भनिन्, ‘पहिले भेन्यु हेर्नु जाँदा त्यहाँ ब्याडमिन्टन खेल चलिरहेको थियो। त्यसैले नाप्न सकिएन। अहिले नाप्दा खेल्न नपुग्ने ठाउँ भयो। त्यसैले भेन्यु परिवर्तन गर्नु गरेको हो।’
१३औं सागमा कवड्डी खेलमा चार देशले मात्रै भाग लिएका छन्। आयोजक नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाले भाग लिएका छन्। भारत, भुटान र माल्दिभ्सले भने भाग लिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।