काठमाडौं– उदयपुर त्रियुगा नगरपालिका–१६ रातापानी बस्ने चन्द्र बहादुर राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा राईका ५ वर्षीय छोरा बिष्णु बहादुर राईको मृत्यु भएको छ ।
छिमेकी बम बहादुर राईको घर र गोठमा समेत फैलिएर आगलागी हुँदा दुवै जनाको घर र गोठ जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सप्तरी राजविराज नगरपालिका–३ बस्ने राजेश कुमार देवको शिवम् ट्रेडिङ एण्ड विजनेश हाउस पसलभित्र विद्युत सर्ट भइ बिहीबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाग्लुङ नगरपालिका–२ धौलागिरी चोक बस्ने शालिकराम पौडेलको हार्डवयर पसलमा करेन्ट सर्ट भइ बिहीबार राति आगलागी हुँदा हार्डवयर पसल पूर्णरुपमा जली नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।