जनकपुर- धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित रघुवीर महासेठलाई मन्त्रीबाट हटाएपछि उनकै क्षेत्रमा स्थानीयले दीपावली गरेका छन्। मैनवत्ती बालेर स्थानीयले दिपावली गर्दै खुसी मनाएका हुन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा बिहीबार साँझ स्थानीय मतदाताहरूले मैनवत्ती बालेर दिपावली गरेका हुन्। मैनवत्ती प्रज्वलन कार्यक्रम सहभागीमध्ये एक मिथिलेश यादवले भने, 'चुनावमा हामीले उनलाई जिताउन निकै सहयोग गर्याैं। तर चुनाव जितेपछि हामीलाई वास्ता नगरेका कारण मन्त्रीबाट हटाउँदा खुसीयाली मनाएके हाे। '
‘मन्त्री बनेपछि यहाँका ३/४ जना कार्यकर्तालाई मात्र सहयोग गर्नुहुन्छ। र ती व्यक्तिहरू यहाँ दादागिरी देखाउँछन् त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुशी भएका छौँ।’ उनले भने।
धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।