काठमाडौं- अबुधाबीमा भइरहेको टी–१० लिग क्रिकेटमा आज सन्दीप लामिछाने आबद्ध टिम कर्नाटका टुस्कर्सले पारस खड्का रहेको टिम अबुधावीसँग प्रतिस्पर्धा गर्दैछ।
शिख जायेद रंगशालामा खेल आज राति ९ः४५ मा खेल सुरु हुनेछ। नेपालका पूर्वकप्तान आबद्ध टिम अबुधावी र लेग स्पीनर सन्दीप लागिमछाने रहेको टिम एकआपसमा प्रतिस्पर्धा गर्न लागेको हो।
सन्दीप टिम अबुधावीविरुद्ध खेल्ने निश्चित जस्तै छ। सन्दीपले अहिलेसम्म सबै खेल खेलेका छन्। उनले ५ खेल खेल्दै ६ विकेट लिएका छन्। सन्दीप कर्नाटकाका मुख्य स्पिनर हुन्।
पारस खड्का भने आज सन्दीप रहेको टिमविरुद्ध पनि खेल्न पाउने कि नपाउने टुंगो छैन। सुरुवाती दुई खेलमा लगातार स्थान बनाएका पारसले त्यसपछिका तीन खेलमा बेञ्चमै विताएका थिए। पहिलो खेलमा क्वालन्डर्सविरुद्ध खेल बराबरी हँुदा पारसले ३ बलमा ३ रन बनाएका थिए।
त्यस्तै, नर्थन वारियर्सविरुद्ध टिम अबुधावीले ६ विकेटको जित निकाल्दा पारसले १ बलमा अविजित १ रन बनाएका थिए। त्यसपछिका खेलमा भने उनी प्लेइङ इलाभेनमा परेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।