एजेन्सी- भारतीय क्रिकेट टिमले बंगलादेशविरुद्धको टेस्ट सिरिजपछि वेस्टइन्डिजविरुद्ध तीन एकदिवसीय र तीन टी–२० सिरिज खेल्ने भएको छ।
वेस्टइन्डिजविरुद्धकाे सिरिजका लागि भारतीय टिमको घोषण भएको छ। जसमा रोहित शर्मालाई एकदिवसीय खेलमा आराम दिइएकाे छ।
एकदिवसीय खेलमा अलराउन्डर शिवम दुबेलाई समावेश गरिएको छ। उनी टी-२० पनि खेल्नेछन्। भुवनेश्वर कुमार र कुल दीपको पनि एकदिवसीयमा वापसी भएको छ।
एकदिवसीयमा केदार जाधव पनि रहने छन्। भारतको कोलकतामा भएको चयन समितिको बैठकले यस्तो निर्णय गरेको हो। वेस्टइन्डिजविरुद्धको तीन म्याचको टी-२० सिरिज ६ डिसेम्बरमा सुरु हुने छ। त्यसपछि तीन म्याचको एक दिवसीय खेल १५ डिसेम्बरमा सुरु हुने छ।
एकदिवसीय भारतीय टिम
विराट कोहली (कप्तान), रोहित शर्मा (उप कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पान्डे, रिषभ पन्त, शिवम दुबे, केदार जाधव, रविन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, दीपक चहर, मो. शमी र भुवनेश्वर कुमार रहेका छन्।
टी- २० टिम
विराट कोहली (कप्तान), रोहित शर्मा (उप कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रिषभ पन्त, शिवम दुबे, वाशिंगटन सुन्दर, रविन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, दीपक चहर, मो. शमी र भुवनेश्वर कुमार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।