• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सागको स्वीमिङ पुल निर्माण : कामदार भन्छन्- २ महिना लाग्छ, ठेकेदार भन्छन्- ५ दिन

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  २१:०६
1140x725

काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पौडी प्रतियोगिता गरिने ‘हिटिङ स्वीमिङ पुल’ बनाउन सातदोबाटोमा धमाधम काम चलिरहेको छ। साग सुरु हुन १० दिन बाँकी हुँदा स्वीमिङ पुलको हाल हेर्ने हो भने समयमै तयार हुनेमा शंका देखिन्छ। 

बिहीबार बनिरहेको ‘हिटिङ स्वीमिङ पुल’मा पुग्दा कामदारहरु हरेक कुनामा काम गरिरहेका देखिन्छन्। कोही पुलको भित्तामा प्लास्टर गरिरहेका थिए, कोही टायल हालिरहेका, कोही छाना राख्ने फलाम कसिरहेका त कोही सिसा राख्ने फ्रेम मिलाइरहेका थिए।

आँखा अगाडि देखिएका यी दृश्यले काम भइरहेको छ भन्ने प्रष्ट भए पनि समयमै सकिएला त भन्ने प्रश्न भने अझ बलियो बनेको छ। वरपर हुनेहरु नै सागको मिति सम्झेर मुखबाट कठै! निकाल्न विवश छन्। 

पौडी पोखरी निर्माण गरिसकेर १३औँ साग खेलकुद प्रतियोगिताको पौडी यहीँ गराउने तयारी छ। तर त्यही काम गरिरहेका कामदारलाई पनि मंसिर १५ भित्र सकिन्छ भन्ने कुरामा फिटिक्कै विश्वास छैन।

काम गर्ने कामदारलाई मात्रै हैन त्यहाँ पुग्ने जो कोहीलाई पनि त्यस्तै लाग्छ।

त्यहीँ काम गरीरहेका एक कामदारले भने, ‘कहाँ सक्नु! अझै लाग्छ दुई महिना जति। राम्ररी फिनिसिङ गरिसक्न त समय लाग्छ नै, देख्नु भएन यत्रो काम बाँकी?’

ठेकेदार भन्छन् १० गतेभित्र पानी हालेर देखाउँछु
निर्माण धमाधम भए पनि धेरै काम सम्पन्न गर्न बाँकी नै छ। तर निर्माण जिम्मा लिएको किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीका प्रबन्ध निर्देशक सनकसिंह राईले भने १० गतेभित्र पानी हालेर देखाउने दाबी गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सनकसिंह भन्छन्, ‘सबै सामान आइसकेको छ। १० गतेदेखि हामी स्वीमिङ पुलमा पानी हाल्न थाल्छौं।’

स्वीमिङ पुलको भित्री भागमा प्लास्टर गर्दै टायल हाल्ने काम भइरहेको छ, १० गतेभित्र कसरी सक्नु हुन्छ भन्ने प्रश्नमा प्रबन्ध निर्देशक सनकसिंह भन्छन्, ‘अहिले स्वीमिङ पुलभित्रको भागमा प्लास्टर गर्ने काम भइरहेको छ। वालुवा हालिरहनु नपर्ने खालको सिमेन्ट हो। त्यो सिमेन्टमा पानी मात्रै हालेर घोल्ने हो। चार घण्टाभित्र नै त्यो सिमेन्टले पक्रि सक्छ।’

हिटिङ स्वीमिङ पुलको छाना हाल्ने काम बिहीबार पनि थालिएको छैन। वरिपरि खाली रहेको भागमा बारेर सिसाको लागि आल्मुनियम राख्ने काम भइरहेको छ। हिटिङ स्वीमिङ पुलको दुबैतर्फको भवनको फिनिसिङको काम पनि चलिरहेको छ। सिढीँमा राखिएका मार्बल घोट्ने कामसमेत सकिएको छैन। 

यी सबै काम रात दिन तीव्र गतिमा गर्ने हो भने पनि १५–२० दिन लाग्न सक्छ। यहि भन्छन् त्यहाँ काम गरिरहेका कामदार पनि। तर काम कति दिनमा सकिने या नसकिने कामदारलाई भन्दा पनि इन्जिनियर र आफूलाई थाहा भएको निर्देशक राई भन्छन्।

Xtrem

Xtrem

‘तपाईं १० गते आउनुहोस् हामी पानी हालेर देखाउँछौं। बाँकी केही काम रहँदैन। छेउछाउमा अलिकति टायल हाल्ने काम रह्यो भने छुट्टै कुरा हो’, ठेकेदार कम्पनीका निर्देशक राईले दावाका साथ भने।

यता, नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्रचार्यले हिटिङ स्वीमिङ पुलमा सागको स्वीमिङ खेलाउनुको अर्को विकल्प नरहेको बताए। उनले भने, ‘काम जसरी पनि सकिन्छ। हामीले त्यहिँ नै खेलाउने हो।’

मंसिर १५ देखि २४ गतेसम्म १३औं साग खेलकुद हुने भए पनि स्वीमिङ खेल भने मंसिर १९ देखि सुरु हुनेछ।
 
कस्तो बन्ने छ हिटिङ स्वीमिङ पुल?
हिटिङ स्वीमिङ पुल प्रविधियुक्त स्वीमिङ पुल हो जहाँ जुनसुकै मौसममा पनि प्रतियोगिता आयोजना गर्न र खेल्न सकिन्छ। नेपालमा अहिलेसम्म यस्तो हिटिङ स्वीमिङ पुल बनेको थिएन। 

अत्याधिक प्रविधियुक्त स्वीमिङ पुल विशेषगरी जाडो महिनाको लागि निर्माण गरिएको हो। २० करोड रुपैयाँभन्दा माथि लागतमा निर्माण भइरहेको स्वीमिङ पुलको डीपीआर नेपाल पौडी संघले नै तयार पारेको हो। संघ र राष्ट्रिय खेलकुद परिषदको सम्झौतामा निर्माण भइरहेको स्वीमिङ पुलको २० प्रतिशत लागत पौडी संघले ब्यहोर्ने छ भने बाँकी ८० प्रतिशत सरकारको लगानी हुनेछ।

निर्माण भइरहेको हिटिङ स्वीमिङ पुल सट कोर्स हो। अर्थात २५ बाई २५ मिटरको स्वीमिङ पुल निर्माण गर्न लागिएको हो।

यदि यो निर्माण सम्पन्न भएमा पहिलो पटक साग खेलकुदमा सट कोर्समा स्वीमिङ प्रतियोगिता सञ्चालन हुनेछ। यसअघि पहिलो सागदेखि १२औं साग खेलकुद सकिँदासम्म सट कोर्समा स्वीमिङ भएको थिएन। स्वीमिङको लङ कोर्स र सट कोर्स गरी दुई वटा फम्र्याटमा प्रतियोगिताहरु आयोजना हुने गरेको छ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार स्वीमिङ गर्ने पुलमा पानीको तापक्रम २५ देखि २७ डिग्री हुनु पर्छ। योभन्दा बढी पनि हुनु हँुदैन र घटी पनि हुनु हुँदैन। स्वीमिङ पुलको लागि आवश्यक पर्ने सामान सबै बाहिरबाट ल्याउनु पर्ने भएको हुँदा काममा केही ढिलो भएको ठेकेदारको तर्क छ।

हिटिङ स्वीमिङ पुलको पूर्व पश्चिमपट्टी गरी दुई वटा भवन निर्माण भएको छ। पूर्वतिरको भवन खेलाडी बस्नका लागि बनाइएको हो भने पश्चिमतिरका भवन प्रशासनिक कार्य र भिआइपी बस्नको लागि बनाइएको हो।

कात्तिक १५ मै सक्नु पर्ने तर किन ढिलाइ?
हिटिङ स्वीमिङ पुल निर्माणको समय कात्तिक १५ भित्र सक्ने अन्तिम मिति तोकिएको थियो। तर कात्तिक १५ गएको पनि एक महिना पुग्न लाग्यो। ठेकेदार कम्पनीको लागि यो नै पहिलो पटक समय थप गरिएको भने होइन।

१८ महिनामा सक्ने गरी किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीले २०७४ मा निर्माण थाल्यो। सम्झौताअनुसार गएको वैशाख मा नै यो हिटिङ स्वीमिङ पुल निर्माण सक्नु पर्ने थियो। तर सकिएन। तीन महिनाको समय थप गरी असार मसान्तसम्म सक्ने सम्झौता भयो फेरि नसकिएपछि अहिले तीन महिनाको समय थप गरि कात्तिक १५ मा सक्नु पर्ने अन्तिम मिति तोकिएको थियो।

निर्माण कम्पनीका निर्देशक राईले दाबी गर्दै कात्तिक १५ मै निर्माण सक्ने ठोकुवा दिएका थिए। तर उनले दिएको त्यो आश्वसन झुटो सावित भइसकेको छ। पटक पटक तोकिएको मितिमा निर्माण भइ नसकेको हिटिङ स्वीमिङ पुल अबका पाँच दिनमा कसरी सम्पन्न हुन्छ?

मंसिर १० गतेसम्म निर्माण सम्पन्न गर्ने दाबी दिएको निर्माण पक्षको कुरालाई कति मान्ने? यदि समयमै निर्माण सम्पन्न भएन भने सागमा समावेश स्वीमिङ खेललाई कहाँ खेलाउने? हिटिङ स्वीमिङ पुलको विकल्पमा पौडी संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केही सोचेको छ?

गत वैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जस्तै पो हुने हो कि! त्यसबेला पनि निर्माणाधिन अवस्थामा रहेको स्वीमिङ पुल निर्माण भइनसक्दा एक होटलको स्वीमिङ पुलमा प्रतियोगिता खेलाउनु परेको तीतो यथार्थ ताजै छ।

त्यसबेला त राष्ट्रियस्तरको प्रतियोगिता भएकाले इज्जत छोपियो। छोपाइयो। १३औँ सागमा पनि स्वीमिङको हालत त्यस्तै कुनै एक होटलमा खेलाउनु पर्ने भयो भने अन्तर्राष्ट्रिय स्तरमा सन्देश कस्तो जान्छ? अनि त्यसबेला इज्जत के ले छोप्ने?

 

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्