• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अहिले रिक्सा चढ्ने यात्रीको आदेश मान्छु - चौधरी

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  १५:१६
1140x725

बाँके- कुनै बेला उनको निर्देशन जनताका लागि आदेश हुन्थ्यो। बोली अकाट्य हुन्थ्यो। मुखबाट निस्केका हरेक शब्द फैसला सरह लागू हुन्थ्यो। कारण थियो, एकातिर मृत्यु, अर्कोतिर अमिन चौधरीको फैसला।

मृत्युभन्दा उनको आदेश नै उचित लाग्थ्यो जनतालाई। मुसुक्क हाँस्दै उनले भने‚ ‘मैले कसैको हत्या गरिनँ।’ विसं २०५२ मै माओवादीमा प्रवेश गरेका राप्तीसोनारी गाउँपालिका–५का ३९ वर्षीय देवीप्रसाद चौधरी (अमिन)ले सत्ताबाट सडकतिर ओरालो लागेको एक दशकपछि नेपालगञ्जमा रिक्सा चलाउन थालेका हुन्।

‘आफ्नै पार्टीका नेताले दुःख दिए, सिद्धान्तबिनाको राजनीति हाबी भयो,’ उनले खुलेरै भने‚ ‘अहिले म वैद्य माओवादीतिर छु। देशमा माओवादी सिद्धान्त मान्ने वैद्य मात्र बाँकी छन्। बाँकी सबै त पूँजीवादी भैसके।’ 

विसं २०५९ सालमा बाँके फत्तेपुरदेखि कटकुईंयासम्म सातवटा गाविसको इञ्चार्जको रुपमा जिम्मेवारी सम्हालेका अमिनले त्यसअघि बाँकेको हिरमिनिया, बेतहनी लगायत क्षेत्रमा जनमुक्ति सेनाको इञ्चार्जको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका थिए।

विसं २०६० तिर पार्टीले अमिनलाई न्याय विभागको जिल्ला सदस्यमा चुन्यो। उनी मटेहिया गाउँ ‘जनसरकार’को न्यायाधीशमा नियुक्त भए। ‘दिनभरि स्थानीय क्षेत्रमा जनताको समस्या सुन्ने र हिँड्दै गर्दा फैसला सुनाउने काम हुन्थ्यो,’ अमिनले भने‚ ‘मैले दिएको फैसला कुनै कुनै स्थानमा अहिले पनि यथावत् छ।’

जग्गा मिच्नेदेखि श्रीमती पिट्नेसम्मको विवाद आउँथ्यो उनको अदालतमा। न पेशी न तारेख न कुनै शुल्क न वकिल। एक्लैले सबै काम भ्याउँथे। उनी केही छिनमै मुद्दा टुङ्गो लगाएर फैसला सुनाउँथे। ‘सन्तुष्ट भएको पक्षले सन्तुष्टि पोख्दैनथ्यो, असन्तुष्ट पक्ष बोल्ने कुरै भएन,’ ती दिन सम्झँदै अमिनले भने‚ ‘कतिपय बेला त घरमै गएर फैसला सुनाउनु पर्थ्यो।’

‘सडकबाटै पनि फैसला गरेका धेरै विषयहरु छन्। त्यति बेला म सबथोक थिएँ। मैले जे भन्थें त्यही हुन्थ्यो।’ राप्तीपारि क्षेत्रबाट द्वन्द्वकालमा थाना, प्रहरी सबै विस्थापित भएपछि कथित ‘न्यायाधीश’ अमिन नै सुरक्षाका मुख्य हर्ताकर्ता थिए।

‘दिउँसो अदालत‚ राति सुरक्षा, यही जिम्मेवारी थियो,’ अहिले खुल्ला दिसामुक्त अभियान कार्यान्वयन हुन नसकेको अवस्थालाई सम्झँदै उनी भन्छन्‚ ‘मैले त्यतिबेलै धेरैको घरमा शौचालय निर्माण गराएको थिएँ।’ तत्कालीन सातवटा गाविसभरि कसैले कसैलाई अन्याय गर्ने साहस गर्दैनथ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अमिन त्यो त्रासको नाम थियो जसको ‘अदालत’मा आउनुभन्दा अघि मानिसहरु बाहिरै मेलमिलाप गर्न खोज्थे। कडा शासन, प्रष्ट आवाज र बन्दुकको त्रास सबैको मन मस्तिष्कमा उनले गाडेका थिए।

मटेहियाका बासिन्दा ओमकार मौर्य भन्छन्‚ ‘शासन त अमिनको झैं चाहिन्छ। उनको फैसलाले अधिकांश व्यक्तिहरु सन्तुष्ट हुन्थे। सन्तुष्टि बाहेक अर्को विकल्प पनि थिएन।’ जुन गाउँमा मानिसहरु उपभोक्ता समितिमा बसेर पनि काम गर्न चाहँदैनन्, त्यहाँ उनले श्रमदानबाट बाटोहरु निर्माण गराउने काम गरे।

तत्कालीन मटेहिया गाविसको वडा नं ५को विद्यालय जाने बाटो निर्माण गराएका अमिन भन्छन्‚ ‘त्यहाँको बाटो अहिले पनि राम्रै छ। परिवर्तनका लागि शासन त कडा नै चाहिन्छ। अहिले सबै व्यवस्था गाउँमै छ तर पनि, जनता काम गर्न चाहँदैनन्। मेरो जमानामा बिना रकम विकासका कामहरु भएका थिए।’ 

सरसफाइ अमिनको प्राथमिकताको विषय थियो। अमिनको कथित ‘जनअदालत’मा उजूरी आउनु नै विपक्षीका लागि दुःखद् विषय हुन्थ्यो। जो विरुद्ध उजूरी आउँथ्यो त्यो बाहेकको कुनै व्यक्तिलाई अदालत आउने अनुमति थिएन। तत्कालीन मटेहिया गाविस सञ्चालन भएको भवन त्यति बेला उनको जनअदालत थियो।

Xtrem

Xtrem

‘बीचमा पार्टी फुट्यो र म वैद्यतिर लागें,’ नेपालगञ्जमा रिक्सा चलाउँदै गर्दा भेटिएका अमिनले भने‚ ‘वैद्यतिर म बाँके जिल्लाबाट एक्लो केन्द्रीय सदस्य हुँ।’ द्वन्द्व कालमा कुसुम र फत्तेपुरको दोहोरो झडपमा परेका थिए अमिन।

‘बाँकेका थुप्रै नेताहरुले मेरो नामबाट पैसा कमाए,’ अमिनले भने‚ ‘राप्तीवारि नरेश खटिक र राप्तीपारि म आफैं पार्टीको मुख्य कार्यकर्ताको रुपमा तैनाथ थियौं। मैले चन्दा त्यति धेरै असुल गर्न सकिनँ। कसैले मायाबाट दिएको रकम फिर्ता गर्दैनथें।’

पार्टी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा अमिन आफ्नै गाविस विनौना फर्किए। कार्यथलो अन्तै रहेका उनलाई आफ्नै गाउँमा जनताको सहानुभूति प्राप्त भएन। आर्थिक रुपले पछि परेका अमिनका लागि ‘न्यायाधीश’ पदले परिवारको जीविकोपार्जनमा सहयोग गरेन।

उनी परिवारसहित नेपालगञ्जमा बसाइ सरे। घरभाडामा लिएर बस्दै आएका अमिनले अटोरिक्सा चलाउँदै आएका छन्। ‘काम कुनै सानो ठूलो हुँदैन,’ अमिन भन्छन्‚ ‘कुनैबेला मैले आदेश दिन्थें, अहिले रिक्सामा बस्ने यात्रीहरु मलाई आदेश दिन्छन्।’ 

चार छोरा र दुई छोरीलाई राजनीति गरेर पाल्न नसकिने निचोडमा पुगेका अमिन केही पूँजी व्यवस्थापन गरेर पुरानो बस किन्ने योजनामा छन्।

गाउँमा प्रहरी प्रशासनको काम चित्त नबुझे अहिले पनि अमिनको शासनबारे चर्चा गर्नेहरु थुप्रै छन्। मटेहियाका बासिन्दा झगरु पासी भन्छन्‚ ‘अमिनको शासन एक दशक राप्तीपारिमा कायम रहन सकेको भए विकास धेरै अघि बढ्थ्यो। मानिसहरु सरसफाइ र गाउँ सुरक्षाको विषयमा चनाखो भएका थिए, त्यो अमिनकै देन थियो।’
-रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्