अण्डाशयमा अण्डा नबन्ने अथवा साना–साना डिम्ब बनेपनि नबढ्ने, पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुनु जस्ता अवस्थाले बच्चा नभएमा (टेष्टट्युब बेबी) आइभिएफ विधिको सहायता लिइन्छ ।
आईभीएफ गर्नुपूर्व महिलाको सम्पूर्ण जाँच गरिन्छ । महिनावारी नियमित भए नभएको, गर्भपतन गरे नगरेकोजस्ता विभिन्न कारणले गर्भ नरहेको हुनसक्छ । महिलाको पाठेघरमा ट्युमर भएमा पनि गर्भ रहदैन । महिलाको अवस्था सम्पूर्ण ठीक भएपनि पुरुषको खराबीले पनि बच्चा नहुन सक्छ । यस्तो अवस्थामा ‘इक्सी’ गरिन्छ । पाठेघरको २ वटै नली बन्द भएमा पनि बच्चा हुँदैन । बच्चा हुनका लागि कम्तीमा पनि एउटा नली खुलेको हुनुपर्छ । अण्डा निस्कने प्रकृया महिनैपिच्छे भैरहेको हुन्छ । यदि अण्डा नै बनेन भने वा सानो ( पोलिसिस्टिक ओभरी डिजिज) भए आईभीएफ विधि अपनाउनुपर्ने हुन्छ । सबै ठीक भएपनि ४० वर्षको उमेर हुँदासम्म पनि बच्चा नभए विभिन्न हर्मोनको जाँच गरी आईभीएफ गर्न सकिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।