काठमाडौं- नेपाल चेम्बर अफ कमर्स, इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपाल र नेपा जापानले संयुक्त रूपमा देशभर विपद् व्यवस्थापनसम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।
इभेन्टस भेन्यू एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स र नेपा जापानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयुक्त रुपमा मुलुकभर विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम संञ्चालन गर्ने जानकारी गराइएको हो।
सहरीकरणका कारण प्राकृतिक विपद्का बेला जीवनको सुरक्षा गर्न चुनौती बढेकाले उचित शिक्षाको आवश्यकता महसुस गरेर मुलुकभर जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्न लागेको ती संस्थाका प्रतिनिधिहरूले बताए।
कार्यक्रममा इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रंजितले आफूहरूले हालै जापानबाट प्राकृतिक विपद्का बेला जीवन रक्षासम्बन्धी तालिम लिएर आएकोले देशभित्र जनचेतना फैलाउने अभियानको सुरुवात गर्ने बताए।
कार्यक्रममा विपद् व्यवस्थापन विज्ञ दिनेश श्रेष्ठले भूकम्पलगायत प्राकृतिक विपत्बाट जोगिने उपायबारे जनचेतना फैलाउने काममा सरकारले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले देशभर विपद् व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा आफूहरूको सहयोग रहने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।