काठमाडौं– राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले पाएका छन्।
उनको यो दोस्रो कार्यकाल हुनेछ।
पार्टीको अध्यक्ष मण्डलको बुधबार बसेको बैठकले बिहीबारदेखि नयाँ संयोजकको रुपमा महतोलाई चयन गरेको हो।
अघिल्लो वर्ष मंसिरमा पनि महतो दुई महिनाका लागि संयोजक भएका थिए।
त्यसअघि दुईदुई महिनामा संयोजक परिवर्तन हुने व्यवस्था भए पनि महन्थ ठाकुर झन्डै २० महिना एकल संयोजक भएका थिए।
अघिल्लो वर्ष मंसिरदेखि भने दुईदुई महिनामा संयोजक परिवर्तन हुँदै आएका छन्।
यो पनि पढ्नुहोस्ः
राजपाको संयोजकमा एक चक्र पूरा, आजदेखि फेरि महन्थ ठाकुर
महतो नेतृत्वको राजपाको प्राथमिकता कता?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।