काठमाडौं- विश्वकप छनोटको दोस्रो चरणमा कुवेतविरुद्धको खेलको लागि अग्रपंतिको जिम्मा अभिषेक रिजाललाई दिइएको छ।
कुवेतविरुद्ध भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपालले केही बेरमा प्रतिस्पर्धा गर्दैछ। कुवेतलाई पराजित गर्दै पहिलो लेगमा ब्यहोरेको ७–० गोलको हारको बदला लिने लक्ष्यमा नेपाल रहेको छ।
कुवेतविरुद्ध नेपालले ४–५–१ को फर्मसेनमा खेल्ने भएको छ। फरवार्ड लाइन सम्हाल्ने जिम्मा अभिषेक रिजाललाई दिइएको छ भने मिडफिल्डमा रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, रवि पासवान र तेज तामाङ रहेका छन्।
त्यस्तै, डिफेन्समा अनन्त तामाङ, देवेन्द्र तामाङ, रञ्जित धिमाल र अजित भण्डारी रहेका छन्। कप्तान किरण चेम्जोङले गोलपोष्ट सम्हाल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।