काठमाडौं– यसअघि नै युरो कप २०२० मा प्रवेश गरिसकेको इटालीले अर्मेनियालाई ९–१ गोलअन्तरले पराजित गरेको छ। योसँगै इटालीले छनोट चरणका सबै खेलमा विजयी हुँदै शतप्रतिशत जित हात पारेको हो।
सोमबार राति समूह ‘जे’को खेलमा इटालीले अर्मेनियालाई पहिलो हाफमा ४ गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ५ गोल गर्दा इटालीले १ गोल खान पुगेको थियो।
त्यस्तै, यहि समूहकाे सोमबार राति नै भएको अर्को खेलमा फिनल्यान्ड ग्रिससँग २–१ गोलअन्तरले पराजित भयो। तर, फिनल्यान्ड यसअघि नै युरो कपमा पुगिसकेको छ।
फोटोः यूईएफए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।