काठमाडौं– स्वीट्जरल्यान्ड विजेता र डेनमार्क उपविजेता हुँदै समूह ‘डी’बाट युरो कप २०२० मा प्रवेश गरेका छन्।
सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले जिब्राल्टरलाई पराजित गर्दै युरो कप २०२० मा छनोट भएको हो। त्यस्तै, डेनमार्कले पनि आयरल्यान्डलाई पराजित गर्दै समूह ‘डी’को उपविजेता बनेर युरो कपमा स्थान बनाएको हो।
स्वीट्जरल्यान्डले जिब्राल्टारलाई ६–१ गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलको अग्रता बनाएको स्वीट्जरल्यान्डले दोस्रो हाफमा थप ५ गोल गर्दा एक गोल खाएको थियो।
यता, डेनमार्कले आयरल्यान्डसँग १–१ गोलको बराबरी खेलेसँगै युरोकपमा स्थान बनाएको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको डेनमार्कले दोस्रो हाफमा १ गोल गर्दा १ गोल खान पुग्यो।
डेनमार्क आयरल्यान्डसँग बराबरीमा रोकिएसँगै स्वीट्जरल्यान्ड समूह ‘डी’को शीर्ष स्थान रहेको हाे। स्वीट्जरल्यान्डले ८ खेलबाट १७ अंक बनाएको छ। उपविजेता बनेको डेनमार्कले ८ खेलबाट १६ अंक बनायो।
फोटोः यूईएफए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।