काठमाडौं- टी-१० लिग क्रिकेटमा सन्दीप आबद्ध टिम कर्नाटका टुस्कर्स ५ विकेटले पराजित भएको छ।
अबुधावीमा आइतबार भएको खेलमा कर्नाटका डेकन ग्लाडिएटर्ससँग ५ विकेटले पराजित भएको हो।
१११ रनको चुनौती पछयाउँदै ब्याटिङ गरेको डेकनले ८.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो।
उसका लागि कइरोन पोलार्डले अविजित ४५ रन बनाए। बलिङतर्फ सन्दीप लामिछाने सर्वाधिक महंगा सावित भए। आफ्नो पहिलो ओभरमा मात्र ५ रन दिएको सन्दीपले आफ्नो दोस्रो ओभरमा ३० रन खर्चिएका थिए। २ ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चिए।
कर्नाटकाका लागि सपोर जाड्रानले दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले यसअघि निर्धारित १० ओभरमा तीन विकेटको क्षतिमा ११० रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।