• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किस्ताबन्दीमा नेकपाको सांगठनिक एकता

64x64
किशोर दहाल सोमबार, मंसिर २, २०७६  १३:४१
1140x725

काठमाडौं– पार्टी एकता भएको झन्डै १७ महिनापछि नेकपाले सांगठनिक एकता टुंग्याएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको हो। सचिवालयले टुंग्याउनुपर्ने यो अन्तिम कमिटी थियो।

पार्टीका तल्ला कमिटी र भातृ संगठनहरुले पनि आफ्नो कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउँदै गएका छन्।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो। घोषणासभामा सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र एकता प्रक्रिया टुंगो लगाइने भनिए पनि १७ महिनापछि मात्रै टुंगो लागेको हो।

तर यो सहजै भएको भने होइन। सांगठनिक एकतालाई सहजीकरण गर्न पार्टीले चारवटा कार्यदल गठन गरेको थियो। तर सबै असफल हुनुले नै एकता प्रक्रियाको कठिनाइलाई पुष्टि गर्छ।

त्यसका अतिरिक्त दुई अध्यक्षले कैयौंपटक छुट्टाछुट्टै छलफल गरेका थिए। अन्य नेताहरुसँग परामर्श गरेका थिए। धेरै असन्तुष्टिबाट अघि बढ्दै नेकपा सचिवालय बैठकले सुस्त गतिमा एकताको काम सकाएको हो। 

यस्तो छ, सांगठनिक एकताको विकास क्रम

२०७५ जेठ ३– पार्टी एकता घोषणा। त्यसअघि नै ९ सदस्यीय सचिवालय सदस्यको टुंगो। जसमा, अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन्। श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव तोकिएका थिए।


२०७५ जेठ ७– केन्द्रीय समितिलाई पूर्णता। ४ सय ४१ जना केन्द्रीय सदस्यहरुमा पूर्व एमाले र माओवादीका तर्फबाट क्रमशः २ सय ४१ र २ सय जना राखेर केन्द्रीय समिति बनाइएको हो। जसमा पूर्व एमालेले आफ्नो १ सय ९६ जनाको केन्द्रीय समितिमा ४५ जना थपेको थियो। त्यस्तै माओवादीले आफ्नो सचिवालयमा रहेको ८८ जनामा बाँकी पोलिटब्युरोबाट सदस्य थपेर केन्द्रीय समितिमा राखेको थियो।

Ncell 2
Ncell 2

२०७५ जेठ १६– स्थायी समितिमा रहने ४५ जनाको टुंगो लगाइयो। जसमा, पूर्व एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ जना छन्।


२०७५ असोज ५– सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गर्‍यो।


२०७५ मंसिर १२– सचिवालय बैठकद्वारा सातवटै प्रदेश कमिटीमा रहने सदस्यको मनोनयन गर्‍यो। मंसिर १७ गते पार्टी महासचिव विष्णु पौडेलद्वारा प्रदेश कमिटीमा रहने १ हजार ३ सय ८७ जनाको नाम सार्वजनिक गरे।

२०७६ बैशाख ९– बैशाख ८ गते साँझ बसेको सचिवालय बैठकले मापदण्ड टुंगो लगाउँदै ७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुंगो लगायो। सहमति अनुसार सांसद, मन्त्री तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि पार्टीमा नेतृत्वदायी पदमा रहने सक्नेछन्। साबिकको जिल्ला कमिटीमा रहेका सदस्यहरु नै नेकपाको जिल्ला कमिटीमा रहने तय गरियो। सोही अनुसार धेरै जिल्लामा जिल्ला कमिटी तयार भइसकेको छ।

नेकपाको स्थापना दिवसको अवसरमा ९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेतृत्वको नाम घोषणा गरिएको थियो। जसअनुसार, ४४ जिल्लाको नेतृत्व एमाले र पूर्वमाओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। पूर्व एमालेले अध्यक्ष लिएको जिल्लामा पूर्व माओवादीले सचिव र पूर्व माओवादीले अध्यक्ष लिएको जिल्लामा पूर्व एमालेले सचिव लिएका छन्।

२०७६ जेठ ३– जेठ २ गते बसेको सचिवालय बैठकले टुंग्याएको १९ र पहिल्यै टुंगो लागेका ३ गरी २२ जनवर्गीय संगठनको नेतृत्वको नाम सार्वजनिक गरियो। पार्टी एकीकरण तथा २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेलले नाम पढेर सुनाएका हुन्।


२०७६ साउन ५– बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएका ६ महानगरको इन्चार्ज र सहइन्चार्ज टुंग्यायो।

२०७६ साउन ३१– बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको ३२ केन्द्रीय विभागको नेतृत्व टुंगो लगायो। लामो समयदेखि विवादमा रहेको भनिएको स्कुल विभागको नेतृत्व ईश्वर पोखरलले पाए। सोही विभागमा ईच्छा देखाएका नारायणकाजी श्रेष्ठले भने प्रचार विभागमा चित्त बुझाए। संगठन विभागको नेतृत्व भने वामदेव गौतमलाई दिइयो। सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्‍यो। सोसम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाइने छ। साथै, सातवटै प्रदेशका सहइन्चार्ज पनि तोकिए। बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाललाई जिम्मेवारी दियो।

२०७६ भदौ १– सचिवालयको बैठकले नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपालको ठाउँमा झलनाथ खनाल राखियो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले वरिष्ठ नेताको वरियताक्रमको हकमा पनि नयाँ निर्णय गरिएको बताएका थिए। 'वरिष्ठ नेताको पहिलो वरियताक्रममा झलनाथ खनाल र त्यसपछि माधव नेपालको निर्यण गरिएको छ', उनले भनेका थिए।

त्यस्तै, बैठकले जनवर्गीय संगठन, विशेष कमिटीलगायतमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवको जिम्मेवारी पनि तोक्यो।

२०७६ भदौ ९– पहिलो पटक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकले ४ जनालाई केन्द्रीय समितिमा मनोनित गर्‍यो। देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई केन्द्रीय समितिमा जोडिए। त्यस्तै, केही विभाग र जनवर्गीय संगठनहरुको जिम्मेवारी हेरफेर गर्‍यो।

२०७६ असोज ६– सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगायो। जसअनुसार, काठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ छन्। ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य छन्। त्यस्तै, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की छन्।

२०७६ असोज २९– सचिवालय बैठकले संगठन विभागमा ३ जना सदस्यलाई थप गर्‍यो। विभागमा बामदेव गौतम र जनार्दन शर्माका अतिरिक्त ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको हो।

२०७६ कार्तिक २५– सचिवालय बैठकले आयोगहरुको नेतृत्व टुंगो लगायो। जसअनुसार निम्न व्यक्तिहरुले जिम्मेवारी पाए–
अनुशासनको आयोगका अध्यक्ष– अमृत बोहरा। सचिव– अशोक रोकाय
निर्वाचन आयोगका अध्यक्ष– विष्णुपुकार श्रेष्ठ। सचिव– माधव पौडेल
लेखा परीक्षण आयोगका अध्यक्ष– पुष्प कँडेल। सचिव– टेकनाथ आचार्य
सल्लाहकार कमिटीका अध्यक्ष– केशव बडाल। सचिव– नन्दकुमार थापा 
जेष्ठ कम्युनिस्ट मञ्च– नन्दकुमार प्रसाईं। सचिव– गोविन्द ज्ञवाली

२०७६ मंसिर १– सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगायो। कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विक चयन भएका बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपाले यसअघि नै प्रवासमा पार्टी संगठन गठन नगर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्