• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किस्ताबन्दीमा नेकपाको सांगठनिक एकता

64x64
किशोर दहाल सोमबार, मंसिर २, २०७६  १३:४१
1140x725

काठमाडौं– पार्टी एकता भएको झन्डै १७ महिनापछि नेकपाले सांगठनिक एकता टुंग्याएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको हो। सचिवालयले टुंग्याउनुपर्ने यो अन्तिम कमिटी थियो।

पार्टीका तल्ला कमिटी र भातृ संगठनहरुले पनि आफ्नो कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउँदै गएका छन्।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो। घोषणासभामा सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र एकता प्रक्रिया टुंगो लगाइने भनिए पनि १७ महिनापछि मात्रै टुंगो लागेको हो।

तर यो सहजै भएको भने होइन। सांगठनिक एकतालाई सहजीकरण गर्न पार्टीले चारवटा कार्यदल गठन गरेको थियो। तर सबै असफल हुनुले नै एकता प्रक्रियाको कठिनाइलाई पुष्टि गर्छ।

त्यसका अतिरिक्त दुई अध्यक्षले कैयौंपटक छुट्टाछुट्टै छलफल गरेका थिए। अन्य नेताहरुसँग परामर्श गरेका थिए। धेरै असन्तुष्टिबाट अघि बढ्दै नेकपा सचिवालय बैठकले सुस्त गतिमा एकताको काम सकाएको हो। 

यस्तो छ, सांगठनिक एकताको विकास क्रम

२०७५ जेठ ३– पार्टी एकता घोषणा। त्यसअघि नै ९ सदस्यीय सचिवालय सदस्यको टुंगो। जसमा, अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन्। श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव तोकिएका थिए।


२०७५ जेठ ७– केन्द्रीय समितिलाई पूर्णता। ४ सय ४१ जना केन्द्रीय सदस्यहरुमा पूर्व एमाले र माओवादीका तर्फबाट क्रमशः २ सय ४१ र २ सय जना राखेर केन्द्रीय समिति बनाइएको हो। जसमा पूर्व एमालेले आफ्नो १ सय ९६ जनाको केन्द्रीय समितिमा ४५ जना थपेको थियो। त्यस्तै माओवादीले आफ्नो सचिवालयमा रहेको ८८ जनामा बाँकी पोलिटब्युरोबाट सदस्य थपेर केन्द्रीय समितिमा राखेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७५ जेठ १६– स्थायी समितिमा रहने ४५ जनाको टुंगो लगाइयो। जसमा, पूर्व एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ जना छन्।


२०७५ असोज ५– सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गर्‍यो।


२०७५ मंसिर १२– सचिवालय बैठकद्वारा सातवटै प्रदेश कमिटीमा रहने सदस्यको मनोनयन गर्‍यो। मंसिर १७ गते पार्टी महासचिव विष्णु पौडेलद्वारा प्रदेश कमिटीमा रहने १ हजार ३ सय ८७ जनाको नाम सार्वजनिक गरे।

२०७६ बैशाख ९– बैशाख ८ गते साँझ बसेको सचिवालय बैठकले मापदण्ड टुंगो लगाउँदै ७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुंगो लगायो। सहमति अनुसार सांसद, मन्त्री तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि पार्टीमा नेतृत्वदायी पदमा रहने सक्नेछन्। साबिकको जिल्ला कमिटीमा रहेका सदस्यहरु नै नेकपाको जिल्ला कमिटीमा रहने तय गरियो। सोही अनुसार धेरै जिल्लामा जिल्ला कमिटी तयार भइसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपाको स्थापना दिवसको अवसरमा ९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेतृत्वको नाम घोषणा गरिएको थियो। जसअनुसार, ४४ जिल्लाको नेतृत्व एमाले र पूर्वमाओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। पूर्व एमालेले अध्यक्ष लिएको जिल्लामा पूर्व माओवादीले सचिव र पूर्व माओवादीले अध्यक्ष लिएको जिल्लामा पूर्व एमालेले सचिव लिएका छन्।

२०७६ जेठ ३– जेठ २ गते बसेको सचिवालय बैठकले टुंग्याएको १९ र पहिल्यै टुंगो लागेका ३ गरी २२ जनवर्गीय संगठनको नेतृत्वको नाम सार्वजनिक गरियो। पार्टी एकीकरण तथा २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेलले नाम पढेर सुनाएका हुन्।


२०७६ साउन ५– बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएका ६ महानगरको इन्चार्ज र सहइन्चार्ज टुंग्यायो।

२०७६ साउन ३१– बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको ३२ केन्द्रीय विभागको नेतृत्व टुंगो लगायो। लामो समयदेखि विवादमा रहेको भनिएको स्कुल विभागको नेतृत्व ईश्वर पोखरलले पाए। सोही विभागमा ईच्छा देखाएका नारायणकाजी श्रेष्ठले भने प्रचार विभागमा चित्त बुझाए। संगठन विभागको नेतृत्व भने वामदेव गौतमलाई दिइयो। सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्‍यो। सोसम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाइने छ। साथै, सातवटै प्रदेशका सहइन्चार्ज पनि तोकिए। बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाललाई जिम्मेवारी दियो।

२०७६ भदौ १– सचिवालयको बैठकले नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपालको ठाउँमा झलनाथ खनाल राखियो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले वरिष्ठ नेताको वरियताक्रमको हकमा पनि नयाँ निर्णय गरिएको बताएका थिए। 'वरिष्ठ नेताको पहिलो वरियताक्रममा झलनाथ खनाल र त्यसपछि माधव नेपालको निर्यण गरिएको छ', उनले भनेका थिए।

त्यस्तै, बैठकले जनवर्गीय संगठन, विशेष कमिटीलगायतमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवको जिम्मेवारी पनि तोक्यो।

२०७६ भदौ ९– पहिलो पटक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकले ४ जनालाई केन्द्रीय समितिमा मनोनित गर्‍यो। देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई केन्द्रीय समितिमा जोडिए। त्यस्तै, केही विभाग र जनवर्गीय संगठनहरुको जिम्मेवारी हेरफेर गर्‍यो।

२०७६ असोज ६– सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगायो। जसअनुसार, काठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ छन्। ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य छन्। त्यस्तै, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की छन्।

२०७६ असोज २९– सचिवालय बैठकले संगठन विभागमा ३ जना सदस्यलाई थप गर्‍यो। विभागमा बामदेव गौतम र जनार्दन शर्माका अतिरिक्त ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको हो।

२०७६ कार्तिक २५– सचिवालय बैठकले आयोगहरुको नेतृत्व टुंगो लगायो। जसअनुसार निम्न व्यक्तिहरुले जिम्मेवारी पाए–
अनुशासनको आयोगका अध्यक्ष– अमृत बोहरा। सचिव– अशोक रोकाय
निर्वाचन आयोगका अध्यक्ष– विष्णुपुकार श्रेष्ठ। सचिव– माधव पौडेल
लेखा परीक्षण आयोगका अध्यक्ष– पुष्प कँडेल। सचिव– टेकनाथ आचार्य
सल्लाहकार कमिटीका अध्यक्ष– केशव बडाल। सचिव– नन्दकुमार थापा 
जेष्ठ कम्युनिस्ट मञ्च– नन्दकुमार प्रसाईं। सचिव– गोविन्द ज्ञवाली

२०७६ मंसिर १– सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगायो। कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विक चयन भएका बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपाले यसअघि नै प्रवासमा पार्टी संगठन गठन नगर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्