काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठन र विभागहरुको इन्चार्च र सहइन्चार्जहरुमा केही हेरफेरहरु गरेको छ।
पार्टी मुख्यलय धुम्बाराहीमा बसेको बैठकले केही संगठनमा थप व्यक्ति राखिएको छ भने केहीमा हटाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय सुरक्षा विभागका प्रमुख र उपप्रमुखमा क्रमश भानुभक्त ढकाल र रामकुमार राईलाई जिम्मेवारी दिइएको छ। राईलाई यसअघि खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो। अब त्यहाँबाट हटाइएको छ।
विदेश मामला विभाग उपप्रमुखमा विष्णु रिजाललाई थपिएको छ।
नीति अनुसन्धान प्रतिष्ठान सहसंयोजक रमेश हमाललाई राखिएको छ। उनी यसअघि ललितपुरको सहइन्चार्ज थिए। अब त्यहाँबाट हटाइएको छ।
प्रादेशिक मामला विभागको उपप्रमुखमा डोरमणि पौडेललाई राखिएको छ।
सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईंलाई राखिएको छ। यस विभागमा पहिले धर्मदत्त देवकोटा थिए। अब त्यहाँबाट हटाइएको छ।
सम्पर्क कमिटीहरुमा कर्णालीको इन्चार्जमा सत्या पहाडीलाई र सुदूर पश्चिममा वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ। यससँगै चौधरी कैलालीको सहइन्चार्जबाट बिदा भएका छन्।
त्यस्तै जनवर्गीय संगठनहरुको सहइन्चार्जहरुमा पनि नयाँ व्यवस्था गरिएको छ।
अखिल नेपाल महिला संघको सहइन्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ।
आदिबासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ।
नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा तिकल परियार र बोमलाल विश्वकर्मालाई थप गरिएको छ।
प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाललाई थप गरिएको छ।
जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने र सहइन्चार्जमा खगेन्द्र राईलाई जिम्मेवारी दिइएको छ।
खेलकुद महासंघ र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा जीवन घिमिरे र अजम्बर कामवाङ, प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, शिक्षक सम्बद्ध संगठनहरुको सहइन्चार्जमा हिक्मत कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जहरुमा पनि थप व्यवस्था गरिएको छ।
ताप्लेजुङ जिल्लाको सहइन्चार्जमा तिलकुमार मेन्याङ्बो सुनसरीको सहइन्चार्जमा भगवती चौधरी, सिरहाको सहइन्चार्जमा प्रमोदनारायण यादवलाई जिम्मेवारी दिइएको छ।
यसअघि सिरहाकै सहइन्चार्ज हुनुपर्ने हरिनारायण चौधरी कैलालीको सहइन्चार्ज भन्ने उल्लेख भएकोमा सच्याइएको छ।
पर्साको इन्चार्जमा रामचन्द्र साह तेलीलाई राखिएको छ।
कास्कीको सहइन्चार्जमा चुडामणि जंगली राखिएको छ। जंगली यसअघि गोरखाको सहइन्चार्ज थिए। त्यहाँबाट हटाइएको छ।
कैलालको सहइन्चार्जमा दीपक देवकोटालाई राखिएको छ।
यो पनि पढ्नुहोस्–
नेकपा कार्यकर्ताले सार्वजनिक रुपमा अन्य सदस्यको आलोचना गर्न नपाउने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।