काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा चार जना थपिएका छन्। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले चार जनालाई मनोनीत गरेको हो।
यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ।
'हाम्रो पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने भन्ने प्रावधान छ', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'त्यही प्रावधान अन्तर्गत चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।'
सोमबार थपिएका केन्द्रीय सदस्यहरुः
देवेन्द्र पराजुली
कल्पना धमला
पदम राई
किरण राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।