काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको छ।
जसअनुसार, काठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ छन्।
ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य छन्।
त्यस्तै, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की छन्।
सांगठनिक एकीकरणसँग सम्बन्धित बाँकी विषयहरु छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउन प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।