कोलोम्बो- श्रीलंकामा शनिबार सम्पन्न निर्वाचनबाट गोताबाया राजापाक्षे राष्ट्रपति निर्वाचित भएका छन्।
युद्धकालीन समयमा रक्षा प्रमुख रहेका राजापाक्षे ५२ दशमलव २५ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
श्रीलंकको निर्वाचनमा राजापाक्षे उम्मेदवार बनेदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रले समेत चासो दिँदै आएका थिए।
युद्ध अपराधको आरोप लागेका व्यक्ति देशको सर्वोच्च निकायमा पुग्न लागेपछि अन्तर्राष्ट्रिय समुदायको चासो बढेको थियो।
निर्वाचनमा हालका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले भाग लिएका छैनन्। मैत्रीपालको श्रीलंका फ्रिडमले यो चुनावमा राजापाक्षेलाई सर्मथन गरेको थियो।
श्रीलंकाली सेनाका पूर्वप्रमुख सेनानीसमेत रहेका राजापाक्षेले आफूले निर्वाचन जितेको भनेर मत परिणाम सार्वजनिक हुनु अघि नै उद्घोष गरिसकेका भने मुख्य प्रतिस्पर्धी सजित प्रेमदसाले हार स्वीकार गरिसकेका थिए।
गोताबाया राजापाक्षे श्रीलंकाका पूर्वराष्ट्रपति तथा विपक्षी नेता महिन्द्रा राजापाक्षेका कान्छा भाइ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।