काठमाडौं- नेपालका पूर्वकप्तान पारस खड्काले टिम अबुधावीबाट नर्थन वारियर्सविरुद्ध खेल्ने भएका छन्।
टी-१० लिग क्रिकेटमा टस जितेर पहिले ब्याटिङ गरेको नर्थन वारियर्सविरुद्ध टिम अबुधावीको प्लेइङ इलाभेनमा पारस परेका हुन्। यसअघि पारसले क्वालन्डर्सविरुद्ध टी–१० लिगमा डेब्यु गरेका थिए। उक्त खेलमा पारसले अविजित ३ बलमा तीन रन बनाएका थिए। खेल ‘टाइ’ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।