हेटौंडा– प्रदेश ३ मा चार मन्त्री थपिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नेकपा एमालेका ३ र माओवादी केन्द्रका एक मन्त्री थपेका हुन्।
पछिल्लो पटकको विस्तारसँगै प्रदेश ३ को मन्त्रिपरिषद् ७ सदस्यीय बनेको छ। यसअघि नै एमालेका केशव स्थापित भौतिक पूर्वाधार तथा निर्माण मन्त्री तथा माओवादीका शालिकराम जमकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भइसकेका छन्।
बुधबार थपिएका मन्त्रीहरुः
अरुण नेपाल– उद्योग पर्यटन, वन तथा वातावरण (एमाले)
कैलाश ढुंगेल– आर्थिक मामिला तथा योजना (एमाले)
दावा दोर्जे लामा– भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय (एमाले)
युवराज दुलाल– सामाजिक विकास (माओवादी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।