काठमाडौं- २०२० मा हुने १६ औँ युरो कप फुटबलका लागि छनोटका खेलहरु चलिरहेका छन्। विभिन्न १२ सहरका १२ रंगशालामा हुने युरो कपका लागि अहिलेसम्म १६ टिम छानिइसकेका छन्। २४ देशबीच हुने प्रतिस्पर्धामा बाँकी टिममा कसको सम्भावना छ त?
छनोट भएका टिमहरु स्पेन, इंग्ल्यान्ड, चेक रिपब्लिक, युक्रेन, पोल्यान्ड, फ्रान्स, टर्की, बेल्जियम, रसिया, इटाली, स्वीडेन, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, क्रोयसिया र अस्ट्रिया हुन्।
छनोट चरणबाट यी १६ टिम युरो कपमा छानिएपछि छनोट खेलबाट अब चार स्थान मात्रै खालि रहेको छ। बाँकी चार स्थानमा मार्चमा हुने नेसन्स लिग प्लेअफमार्फत टिमहरु आउने छन्।
समूह ‘ए’
छनोट प्रतियोगिताको समूह ‘ए’ बाट समूह विजेता हुँदै इंग्ल्यान्ड युरो कपका लागि छानिएको हो भने चेक रिपब्लिक समूह उपविजेता हुँदै युरो कपमा पुगेको हो।
यसमा कोसोभो र बुल्गेरियाको प्ले अफमार्फत युरो कपमा पुग्ने सम्भावना अझै रहेको छ भने मोन्टेनेग्रोको भने सम्भावना छैन।
समूह ‘बी’
समूह ‘बी’ बाट युक्रेन १९ अंकसहित समूह विजेताका रुपमा युरो कपका लागि छानिएको छ। यो समूहमा पोर्चुगलको सम्भावना बढी छ। पोर्चुगलले लक्जेम्बर्गलाई हराएमा युरो कपमा पुग्नेछ। सर्बिया युक्रेनसँग हारेमा पनि पोर्चुगल युरो कपका लागि छानिने छ।
यसैगरी सर्बियाले युक्रेनलाई हराएमा र पोर्चुगल लक्जेम्बर्गसँग हारेमा सर्बिया युरो कपका लागि छानिने छ।
यो समूहबाट लक्जेम्बर्ग र लिथुवानियाको युरो कपमा पुग्ने सम्भावना सकिएको छ। युक्रेन भने प्ले अफमार्फत युरो कपमा पुग्ने सम्भावनामा पनि छ।
समूह ‘सी’
समूह ‘सी’ बाट जर्मनी र नेदरल्यान्ड्स युरो कपमा पुगिसकेका छन्।
यसमा नर्दन आयरल्यान्ड र बेलारुस प्ले अफमार्फत आउने सम्भावनामा छ। इस्टोनिया भने युरो कप पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ।
समूह ‘डी’
यो समूहबाट युरोकपमा पुग्ने सबैभन्दा धेरै सम्भावनामा डेनमार्क रहेको छ। सोमबार राति साढे १ बजे डेनमार्क र आयरल्यान्ड साथै जिब्राल्टर र स्वीट्जल्यान्डबीच खेल हुँदैछ।
डेनमार्कले आयरल्यान्डसँग बराबरी गरेमा, एक गोल अन्तरले मात्रै हारेमा, स्वीट्जरल्यान्ड जिब्राल्टरसँग हारेमा र बराबरी गरेमा पनि डेनमार्क युरोकपमा पुग्नेछ। यो समीकरणअनुसार नमिले पनि डेनमार्क प्लेअफमार्फत आउने सम्भावना रहन्छ नै।
स्वीट्जरल्यान्ड जिब्राल्टरसँग नहारेमा पनि अघिल्लो चरणमा पुग्नेछ। यदि आयरल्यान्डले डेनमार्कलाई नहराएमा पनि स्वीट्जरल्यान्ड युरो कपमा पुग्नेछ।
आयरल्यान्डले डेनमार्कलाई दुई भन्दा बढी गोल अन्तरले हराएमा आयरल्यान्ड युरो कपका लागि छानिने छ। र आयरल्यान्ड एक गोलले मात्रै विजयी भएर स्वीट्जरल्यान्डले जिब्राल्टरसँग बराबरी नखेलेमा पनि आयरल्यान्ड छानिने छ।
जर्जिया प्लेअफ मार्फत आउने सम्भावना छ भने यो समूहबाट जिब्राल्टरको भने सम्भावना छैन।
समूह ‘इ’
समूह ‘इ’ बाट क्रोएसिया समूह विजेताका रुपमा युरो कपका लागि छनोट भइसकेको छ।
यसमा हंगेरीले वेल्सलाई हराएमा वा हंगेरी र वेल्सले बराबरी खेल्दा सोल्भाकियाले अजरबइजानलाई नहराएमा हंगेरी युरो कपमा पुग्नेछ। वेल्सले हंगेरीलाई हराएमा युरो कपमा पुग्नेछ।
माथिको संयोजनको अवस्था फेरिएमा पनि अजरबइजान, वेल्स र स्लोभाकिया तीनै देश प्लेअफमार्फत युरो कप पुग्ने सम्भावनामा पनि छन्। यसबाट अजरबइजान भने युरो कप पुग्ने सम्भावनाबाट बाहिर छ।
समूह ‘एफ’
समूह ‘एफ’ बाट स्पेन समूह विजेता हुँदै युरो कपमा प्रवेश गरिसकेको छ। यो समूहबाट स्वीडेन पनि युरो कपमा पुगिसकेको छ।
यसमा रोमानिया र नर्वे प्ले अफमार्फत युरो कपमा पुग्ने सम्भावनामा छन् भने फारोए आइसल्यान्ड र माल्टा भने युरो कपमा पुग्ने सम्भावनामा छैनन्।
समूह ‘जी’
समूह ‘जी’बाट पनि दुई टिम युरो कपमा पुगिसकेका छन्। समूह विजेता हुँदै पोल्यान्ड र समूह उपविजेता हुँदै अस्ट्रिया युरो कपमा पुगिसकेको छ।
यसमा स्लोभानिया र लातभियाको युरो कप पुग्ने सम्भावना छैन भने नर्थ म्यासेडोनिया र इजरायलको भने प्लेअफमार्फत युरो कप पुग्ने सम्भावना छ।
समूह ‘एच’
यो समूहबाट टर्की र फ्रान्स युरो कपमा पुगिसकेका छन्। यसमा आइसल्यान्ड प्लेअफमार्फत आउने सम्भावनामा छ भने अल्बानिया, एन्डोरा र मोल्दोभाको भने सम्भावना छैन।
समूह ‘आई’
समूह ‘आई’ बाट बेल्जियम र रसिया युरोकपका लागि छनोट भइसकेका छन्।
यो समूहबाट स्कटल्यान्ड प्लेअफमार्फत युरो कपमा पुग्ने सम्भावनामा छ भने साइप्रस, काजकिस्तान र सान मारिनो युरोकपमा पुग्ने सम्भावनामा छैनन्।
समूह ‘जे’
समूह ‘जे’ बाट इटाली र फिनल्यान्ड युरो कपका लागि छनोट भइसकेका छन्।
यो समूहबाट बोस्निया एन्ड हर्जगोभिना प्लेअफमार्फत युरो कपमा पुग्ने सम्भावनामा छ। यसमा ग्रिस, अर्मेनिया र लिचटेन्सटेन भने युरो कप पुग्ने सम्भावनाभन्दा बाहिर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।