एजेन्सी- श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा गोताबाया राजापाक्षे राष्ट्रपति बन्ने निश्चित देखिएको छ। युद्धकालिन समयमा रक्षा प्रमुख रहेका गोताबायाले निर्वाचन जित्ने निश्चित भएपछि अन्तर्राष्ट्रिय क्षेत्रले समेत चासो दिएका छन्।
युद्ध अपराधको आरोप लागेका व्यक्ति देशको सर्वोच्च निकायमा पुग्न लागेकाले अन्तर्राष्ट्रिय समुदायले चासो दिएका हुन्। यो निर्वाचनमा हालका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले भाग लिएका छैनन्।
उनको श्रीलंका फ्रिडमले यो चुनावमा राजापाक्षेको सर्मथन गरेको थियो। गोताबाया राजापक्षे श्रीलंकाका पूर्वराष्ट्रपति र विपक्षी नेता महिन्द्रा राजापाक्षेका कान्छा भाइ हुन्।
राजापाक्षे राष्ट्रपति निर्वाचित भएको आधिकारिक नतिजा भने आउन बाँकी छ। तर राजापाक्षेले आफूले निर्वाचन जितेको भनेर उद्घोष गरिसकेका छन्। उनका मुख्य प्रतिस्पर्धी सजित प्रेमदसाले आफ्नो हार स्वीकार गरिसकेको बीबीसीले जनाएको छ।
निर्वाचन अधिकारीहरुका अनुसार हालसम्म ८० प्रतिशत मत गणणा सकिएको छ। प्रेमदसाको पक्षमा ४५ प्रतिशत मत खसेको जनाइएको छ।
राजापाक्षेको पक्षमा ४८.२ प्रतिशत मत खसेको जनाइएको छ। राजापाक्षले ५३ देखि ५४ प्रतिशत मतले निर्वाचन जित्ने अनुमान गरिएको छ। प्रेमदसाले हार स्वीकार गर्दै राजापाक्षेलाई देशको ७ औं राष्ट्रपति बन्न लागेकोमा शुभकामना व्यक्त गरिसकेका छन्।
आइतबार नै मत परिणाम सार्वजनिक हुनेछ। उनी श्रीलंकाली सेनाका पूर्वप्रमुख सेनानी हुन्।
यसैवर्षको अप्रिल महिनामा भएको आतंकवादी हमलामा २ सय ५० मानिसको मृत्यु भएपछि श्रीलंकामा राष्ट्रपतिय निर्वाचन सम्पन्न भएको हो। अहिलेसम्मकै सबैभन्दा धेरै ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौं लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो।
'इस्टर सन्डे' बम घटनामा चर्को अलोचना व्यहोरेपछि सिरिसेनाले राष्ट्रपतिका लागि उमेदवारी दर्ता नगरेका हुन्। केही मानिसहरुले चिन्ता ब्यक्त गरेका छन् कि राजापाक्षे सत्तामा आउदाँ सुरक्षाको आडमा धार्मिक र जातीय रुपमा अल्पसंख्यकको रुपमा रहेका विरुद्ध मोर्चा खोल्न सक्ने आशंका गरेका छन्।
तमिल विद्रोहीसँग लड्नका लागि उनको सर्मथन र मुसलमान विरोधी विचराधारा राख्ने राजfपाक्षे कट्टर बौद्ध धर्म समुदायका हुन्। राजfपाक्षेले आफ्नो चुनावी घोषणापत्रमा भ्रष्टाचार अन्त्य गर्ने, अर्थव्यवस्था बलियो बनाउने र निष्पक्ष समाज बनाउने दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।