काठमाडौं– सरकारमा संघीय समाजवादी फोरमको पनि सहभागिताको कसरत चलिरहेको बेलामा राजपाले भने असन्तुष्टि जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधनप्रति संवेदनशील नभएकोमा ध्यानाकर्षण भएको जनाएका हुन्। यद्यपि, विज्ञप्तिमा प्रत्यक्ष रुपमा फोरमको नाम लिइएको छैन। तर, संविधान संशोधनको सुनिश्चितता नभई सरकारमा सहभागी हुन लागेकोमा सचेत गराएको प्रस्ट संकेत भने छ।
'हाल विभिन्न सञ्चारमाध्यमहरुद्वारा सम्प्रेषित जानकारी अनुसार सरकारले संविधान संशोधन र अन्य महत्त्वपूर्ण विषयलाई गौण राखी त्यसप्रति किञ्चित पनि संवेदनशील नदेखिएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।
रजपाले विगतका मागहरु अविलम्ब संवोधन हुने वातावरण बनाउन इमानदारीपूर्वक प्रयास गर्न नेपाल सरकारसँग माग पनि गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।