फाइल तस्बिर
महेन्द्रनगर, धनुषा- प्रदेश २ मा आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदैछ। मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
संघीय समाजवादी फोरम र राजपाले ५–५ जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रीमण्डल विस्तार हुन लागेको हो। दुवै पार्टीले २–२ मन्त्री र ३–३ राज्यमन्त्रीको नाम टुंगो लगाएका छन्।
फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताए।
राजपाले आज सपथ लिने मन्त्रीको नाम भने सार्वजनिक गरेको छैन। राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन्। त्यस्तै, परमेश्वर साह, सुरिता साह लगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन्।
राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित ४ मन्त्रालय र राजपाले सभामुखसहित ३ मन्त्रालयको बाँडफाँट गरेका छन्।
फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।