• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बहादुरी देखाउने प्रहरी, चेपुवामा दुई किशोर

अदालतको १४ नम्बर इजलासमा लाटोकोसेरो बहस
64x64
नारायण अधिकारी शुक्रबार, कात्तिक २९, २०७६  १४:१५
1140x725

काठमाडौं- ‘यो एक हप्तामा धेरैथोक बुझियो, माया गर्ने जमाना रहेनछ।’

यति बोलेपछि केही समय उनको गला अवरुद्ध भयो। 

एकछिनको मौनतालाई तोड्दै उनी मनमनै बर्बराउन थाले, ‘बाउ, हजुरबाउ कोही चौकी नपरेको। आज आएर आफू परियो। चौकी परेको भनेपछि त्यसै बद्नाम भइयो। यस्तो पनि हुँदा रहेछ।’

आँखामा टिलपिल टिलपिल घुम्दै गरेका आँसुका थोपा। दुई हत्केला एकआपसमा च्याप्प समात्दै बटार्ने। घरी औंला पड्काउने। निकै दिग्दारी भावमा उभिएका थिए, एक किशोर जिल्ला अदालतको १४ नम्बर इजलासमा।

उनीसँगै अर्का किशोर पनि खडा भएका थिए। हल्का जुँगाको रेखी बसेका ती किशोर पनि आफू निर्दोष भएको बयान दिँदै थिए। 

‘खै सर केही थाहा भएन। यस्तो बेच्दा पैसा आउँछ भन्ने पनि थाहा थिएन। माया लागेर उद्धार गर्दा यस्तो आरोप खेप्नुपर्‍यो,’ हिजो बिहीबार अदालतको इजलासमा न्यायाधीश श्रीकृष्ण भट्टराई समक्ष उनीहरु निर्दोष भएको बताउँदै थिए। 

यसरी अनुनय विनय गर्दै आफू निर्दोष भएको बताउने ती दुई किशोरमध्ये एक जना काभ्रेका तामाङ थरका हुन् भने अर्का एक जना पाँचथरका लिम्बू थरका । यी दुवै जना परिवारसँगै कपनमा बस्छन्, एकअर्काको छिमेकी भएर। दुवै जना कक्षा १२ मा अध्ययनरत छन्।

‘अनि लाटोकोसेरोको बच्चा चाहिँ कसले समातेको?’ केही कुरा खुली पो हाल्छ कि भन्ने भावसहित न्यायाधीश भट्टराईले सोधे।

Ncell 2
Ncell 2
nimb
nimb

तामाङ किशोरले जवाफ फर्काउँछन्, ‘मैले हो सर।’

यही लाटोकोसेरोको बच्चा समात्दा उनीहरु अदालतसम्म मात्रै पुगेनन्। ७ दिन हिरासमतै बस्नु पर्‍यो।

कात्तिक २१ गते यी दुई किशोर लाटोकोसेरो कार्टुनमा राखेर बुढानीलकण्ठ नगरपालिका–९ न्युकोलोनी, कपन अस्पताल नजिकको झाडीतर्फ जाँदै थिए। जुन ठाउँमा सानो खोला पनि छ। त्यसको पारितर्फ साना बुट्यानहरु पनि छन्। उनीहरुको विपरीत दिशाबाट ४/५ जना प्रहरी पैदल गस्तीमा आउँदै थिए।

त्यति नै बेला उनीहरु प्रहरीको फन्दामा परे। ‘चाहेको भए हामी भाग्न सक्थ्यौं। तर भाग्नुपर्ने अवस्था थिएन। हामी नभागी अगाडि बढ्यौं,’ लिम्बू किशोर सुनाउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘लाटोकोसेरो बोकेर बेच्न हिँड्ने? यिनीहरुलाई पक्राउ गर्’ भन्दै फिल्ड कमान्डरले आदेश दिएपछि ती किशोर त्यसबेलै पक्राउ परे। उनीहरुले आफ्नो भनाइ प्रहरी समक्ष प्रष्ट रुपमा राख्न समेत पाएनन्।

उनीहरुलाई लाटोकोसेरोको बच्चासहित महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइयो। संरक्षित पक्षी बेच्न खोज्ने दुई किशोर पक्राउ गरिएकोबारे प्रहरीले कागजात तयार गर्‍यो। ‘कागजात हामीलाई पढ्न दिइएन। ल्याप्चे र सही मात्र हान्न लगाए। के लेखेको थियो थाहा भएन,’ अदालतमा दुई किशोरले बयानका क्रममा भने।  

महाराजगञ्ज प्रहरीले भने विशेष सूचनाका आधारमा संरक्षित पक्षी लाटोकोसेरो बेच्न खोज्ने दुई किशोरलाई पक्राउ गरिएको र सोही अनुसारको कसुरमा कारबाही गर्न भन्दै पत्रसहित उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौं पठाएको थियो। ठूलै अपरेसनमा सफलता हात पारेको अनुभुति झल्काउने गरी ‘विशेष सूचनाका आधारमा’ भनेर विशेषण प्रयोग गरिएको थियो। 

१२ पढ्दै गरेका ती किशोर दुई किशोरलाई प्रहरी र वन कार्यालयको प्रतिवेदन अनुसार एक हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दियो।

सोही अनुसार उनीहरु एक हप्ता महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा बसे। अदालतमा रिर्पोटिङको क्रममा त्यहाँ पुगेका नेपाल लाइभकर्मीलाई तामाङ थरका किशोरले सुनाए, ‘बित्थामा एक हप्ता प्रहरीले थुनेको छ। यो चिसोमा न घाम ताप्न पाइन्छ, न नुहाउन पाइन्छ। चिसोले पेट ढाडिएर दिनको १०/१२ पटक ट्वाइलेट जानुपर्छ। आज त ट्वाइलेट जान पनि प्याक भएर सर (वन कार्यालयका तर्फबाट दोस्रो पटक म्याद थप गर्न ल्याउका सहायक वन अधिकृत ध्रुवकुमार श्रेष्ठ) लाई भनेर वन कार्यालयको ट्वाइलेट गएर आएको।’

उनले एकै शब्दमा हामीलाई हिरासत बसाइको पीडा सुनाए।

त्यसपछि पालो आयो उनीहरुलाई लागेको आरोपको बयान सुन्ने।

‘२० गते म घरमा बसिरहेको थिएँ। कताबाट लाटोकोसेरोको बच्चा मेरो घर नजिकको सडकमा आएछ। केटाकेटीले समात्ने, खेलाउने, फोटो खिन्चे गरिरहेका थिए। उड्न पनि नसक्ने बच्चा रहेछ। देखेपछि मलाई माया लाग्यो। समातेर घरमा ल्याएँ,’ सडकमा बालबालिकाले खेलाएर मार्न लागेको बच्चा उनीहरुबाट थुतेर आफ्नो घर ल्याएको तामाङ थरका किशोरले सुनाए।

त्यसरात तामाङले आफैंले खाने दूधभात लाटोकोसेरोको बच्चालाई दिए। दूधभातसँग परिचित नै नभएको र बालबालिकाहरुले खेलाएर झोक्राइसकेको त्यो बचेराले किन खान्थ्यो र। त्यसदिन रात बित्यो। भोलिपल्ट दिउँसो लिम्बू थरका साथीलाई यसबारे उनले बताए।

त्यसपछि झाडीमा लगेर छाड्ने भन्दै उनीहरुले लाटोकोसेरोको बच्चा कात्तिक २१ गते कार्टुनमा हालेर कपन अस्पताल पछाडिको झाडीतर्फ लम्कँदै थिए। 

त्यही बेला उनीहरुको हातमा हत्कडी लाग्यो। वनको पक्षी वनमै रमाउँछ भनेझै लाटोकोसेरोलाई झाडीमा छाड्ने सपना देखेर हिँडेका उनीहरुलाई लाटोकोसेरो बेच्न हिँडेको आरोप लाग्यो। उनीहरुमाथि प्रहरीले बहादुरी देखायो।

‘बाटोमा फेला परेको लाटोकोसेरोको बच्चा। त्यो पनि बालबालिकाले खेलाएर मार्न लागेको अवस्थमाा उद्धार गरेर छाड्न लागेको यी किशोहरुलाई मुद्दा नै चलाउनुपर्ने अवस्था छैन त?’ ७ दिन हिरासतमा बसेका उनीहरुले दोस्रो पटक म्याद थप गर्न लगेका सहायक वन अधिकृत श्रेष्ठलाई न्यायाधीश भट्टराईले प्रश्न गरे।

उनले यो प्रश्नको उत्तर प्रहरीसँग खोज्नुपर्ने भन्दै जवाफ दिए, ‘प्रहरीले बेच्न लागेको अवस्थामा पक्राउ गरिएको भनेर कारबाही गरी पाउँ भनेर पठाएको छ श्रीमान्।’

लाटोकोसेराको उद्धार गर्ने दुई किशोरलाई पक्राउ गरेको प्रहरीले भने निकै गम्भीर गल्ती गरेको प्रष्ट हुन्छ। बेच्न लागेको भए किन्ने मान्छे को हो? उनीहरु यसअघि पनि यस्तो केसमा संलग्न थिए/थिएनन्। उनीहरुको पृष्ठभूमि के? प्रहरीले यी कुनै कुराको अनुसन्धान आवश्यक ठानेन।

‘हामी बेच्न लिएर हिँडेका मान्छे होइनौं। हाम्रो मोबाइल लिएर पनि अनुसन्धान गर्नुहोस्। कोसँग कुरा भएको छ? कल डिटेल हेर्नुहोस् भन्दा त्यो पनि प्रहरीले मानेन। मात्रै आरोप लगायो, ‘लाटोकोसेरो बेच्न खोजेको,’ दुवै किशोरले भने।

अघिपछि पक्राउ पर्ने बित्तिकै प्रमाण नष्ट हुनसक्छ भनेर हतारमा मोबाइल बरामद गरेर अनुसन्धान गर्ने प्रहरीले उनीहरुको भने मोबाइल नै बरामद गरेन। हिरासतमा पुगेपछि उनीहरुले आफ्नो मोबाइल परिवारलाई जिम्मा लगाएका थिए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसारको कसुरमा उनीहरुलाई कारबाही हुनुपर्ने र ४५ दिनसम्म हिरासतमा राख्न पाउने व्यवस्था अनुसार दोस्रो पटक म्याद थपका लागि उनीहरुलाई हिजो अदालत पुर्‍याइएको थियो।

तर उनीहरुको बयान र लागेको आरोप रत्ति पनि मिलेन। 'न कहिल्यै शिकार खेल्ने मान्छे, न कोही किन्न तयार भएको मान्छे छ। न लाटोकोसेरोको बच्चा नै मारेको छ। १२ पढ्दै गरेका यस्ता किशोरको भविष्य यस्तो बिना प्रमाणको आरोप लगाएर बिगार्न मिल्छ?,' न्यायाधीश भट्टराईले केही आक्रोश मिश्रित भावमा प्रतिप्रश्न गरे।

दुई किशोरलाई सम्झाउँदै न्यायाधीशले भने, ‘अब यस्तो पक्षी देखिए कहिल्यै नसमाउनु। प्रहरीलाई खबर गर्नु। १२ पढ्दै रहेछौं, अझ राम्रोसँग पढ्दै जानु। कुलतमा नफस्नु। सज्जन नागरिक बन्नु, आजबाट घर जान पाउँछौ।’

न्यायाधीशले म्याद थप नगर्ने र घर जान पाउने जानकारी पाए पनि उनीहरुको मुहारमा त्यति बिघ्न सुखी भने देखिएन। उनीहरु भन्दै थिए, ‘बाउ, हजुरबाउ कोही चौकी परेका थिएनन्, हामी पर्‍यौं। चौकी परेको भनेपछि सबैले नराम्रो सोच्छन्। घरमा पनि कति गाली गर्ने हुन्।’ 

डिभिजन वन कार्यालय लगेर अभिभावकको जिम्मा लगाएर उनीहरुलाई छाड्ने सहायक वन अधिकृत श्रेष्ठले बताए। प्रहरीको लापरबाहीले झन्डै जेलसम्म पुगेका उनीहरु ७ दिनको हिरासत बसाइपछि घर फर्किए। उनीहरुलाई ७ दिन हिरासत पठाउने लाटोकोसेरोलाई भने सदर चिडियाखाना पठाइएको छ।

यो पनि

सर्वसाधारणलाई यसरी बनाइयो 'विप्लव', रक्सौल नपुगेका व्यक्तिलाई पुर्‍याइयो भेनेजुएला

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्