• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सर्वसाधारणलाई यसरी बनाइयो 'विप्लव', रक्सौल नपुगेका व्यक्तिलाई पुर्‍याइयो भेनेजुएला

64x64
नारायण अधिकारी बुधबार, असार ११, २०७६  १८:००
1140x725

काठमाडौं- असार ३ गते जिल्ला अदालत काठमाडौंको ११ नम्बर इजलासमा एउटा मुद्दाको बहस भइरहेको थियो।

न्यायाधीश श्रीकृष्ण भट्टराई सोध्दै थिए, 'भेनेजुएला किन गएको?'

अभियुक्त बनेर खडा भएका व्यक्तिले जवाफ फर्काए, 'भनेँ त, गको छैन।'

'भेनेजुएला कहाँ पर्छ, थाहा छ ?' न्यायाधीशले भट्टराईले अर्को प्रश्न गरे। 

'थाहा छैन सर। मलाई केही पनि थाहा छैन,' ढाकाटोपी र चस्मा लगाएका ती व्यक्ति जवाफ फर्काउँछन्।

'अनि इजरायल नि?' न्यायाधीशले इजरायल किन गएको भन्ने आसयसहित प्रश्न सोधेका थिए।

'गकै छैन सर,' मलिन अनुहार उनी जवाफ फर्काउँदै थिए। डरको भाव उनको अनुहारमा देखिन्थ्यो। 

'अनि प्रहरीले राज्यविरुद्ध अपराध गरेको भन्दै २५ वर्ष कैद सजाय हुनुपर्ने माग राखेर मुद्दा चलाएको छ नि त! के छ यसमा तपाईंको भनाइ?' न्यायाधीश भट्टराईले उनको मन जाँच्न खोजिरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

'खै हजुर, नखाएको विष कसरी लाग्छ। अब म जस्तोलाई २५ वर्ष जेल हाल्छन् भने के भनौं। नेपाल भनेको यस्तै रछ भनौंला,' अकमकिएको स्वरमा उनी जवाफ फर्काउँछन्।

हट्टाकट्टा ज्यान। शिरमा ढाका टोपी। आँखामा पावरदार चस्मा। रातो वर्ण। जुँगा चुस्स पालेको। हातका नङमा मयल प्रस्टै देखिने। आङमा रातो, कालो, सेतो रङ मिसिएको टाटेपाटे टिसर्ट। फुस्रो र मैलिइसकेको कपडाको पाइन्ट। त्यो पनि खुम्चिएर मुजा परिसकेको। पैतालामा सय/डेढसय पर्ने प्लास्टिकका चप्पल। 
यही हुलियामा रहेका ५७ वर्षीय अर्जुन गोतामे न्यायाधीश भट्टराईको एकएक प्रश्नको उत्तर दिँदै थिए। 

काठमाडौं बाँसबारी बस्दै आएका गोतामे ताप्लेजुङको फुङलिङबाट बसाइँ सरेर झापा झरेका थिए। पहाडको दु:ख खेप्न नसकेर तराई झरेका उनलाई दुखले पछ्याउन छाडेन। त्यसपछि कामको सिलसिलामा राजधानी प्रवेश गरेका उनले अनेक हन्डर खाए। उनको पिठ्युँले राजधानीमा कैयौं गिट्टी, बालुवा, इँटा बोक्यो, त्यसको हिसाबकिताब उनीसँग छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारीको बोक्नु पीडाबाट मुक्ति पाउने सिप चाहिन्छ भन्ने बुझेका उनले त्यसपछि सिकर्मीको हेल्पर भएर काम गर्न थाले। त्यसको केही वर्षमै उनी सिपालु सिकर्मीमा दरिए। १३ वर्षदेखि अहिलेसम्म सिकर्मीको काम गर्दै आएका छन् उनी। 

कामसँगै उनी भूकम्प प्रतिरोधी घर बनाउने तालिमसमेत दिन्छन्। भूकम्पले क्षतविक्षप्त बनाएको सिन्धुपाल्चोकमा उनले अहिलेसम्म झन्डै ५० घर ठ्डयाइसकेका छन्। गोतामेको परिवार बाँसबारी बस्छ। १० आना जग्गा भाडामा लिएर बाँसको छाप्रो र जस्ताको टहरो बनाएर राजधानीको कष्टकर जीवनमा गोतामे परिवार गुज्रिइरहेको छ। उनकी श्रीमती भने सानो चिया पसल पनि चलाउँछिन्।

OOO

काठमाडौं बाहिरबाट पनि गोतामेलाई कामका लागि बोलाइन्थ्यो। उनी काममा जान्थे र बेलाबेला घर पनि आइरहन्थे। यसरी नै जीवनको सिलसिला चलिरहेको थियो।

फागुनको तेस्रो साता पनि गोतामे उसैगरी बाँसबारी फर्किएका थिए। बारीमा तोरी उखेल्दै थिए उनी। त्यहीबेला ३/४ जना प्रहरी आए भने, 'इन्सपेक्टर सापले बोलाउनुभएको छ। एकछिन काम छ रे।'

उखेल्दै गरेको तोरी छाडेर प्रहरीसँग हिँडेका उनलाई राज्य विप्लवको बात लगाइयो। 'त्यसपछि थुनेको मलाई अहिलेसम्म छाडेको छैन,' अदालत परिसरमै उनले नेपाल लाइभसँग गुनासो पोखे। 

प्रहरी पनि उनको चिया पसलमा बेलाबेला चिया पिउन आउथेँ। केही काम पर्‍यो होला भन्दै उनी प्रहरीकै पछि लागे। अन्तत: उनलाई हिरासतमा राखियो। 'यो तपाईंको फोटो हो नि भनेर देखाए, मैरै फोटो भएपछि मैले हो भनेँ,' गौतम सुनाउँछन्।

उक्त फोटो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले माघ १३ गते काठमाडौंमा गरेको जुलुसको थियो। भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअगाडि जुलुस आयोजना गरिएको थियो। 

त्यसबेला आफू कानको जाँच गर्न टिचिङ अस्पताल गएको र त्यसबेला जुलुस देखेपछि जुलुससँगै महाराजगन्जसम्म गएको गोतामेले बताए। त्यसपछि गाडी चढेर आफू घर गएको उनको भनाइ छ।

विप्लव समूहमा लागेको भन्दै प्रहरीले उनलाई गत फागुन २६ गते पक्राउ गरेको थियो।

त्यसपछि राज्यविरुद्धको अपराध गरेको, राज्यसत्ता पल्टाउने काम गरेको आरोप लागेका गोतामेलाई पक्राउ परेको २० दिनपछि जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा छाड्न गर्न आदेश दियो।  

तर उनको हतकडी फुत्किएकै थिएन। 'हतकडीसमेत नफुक्लिएकै अवस्थामा प्रहरीले मलाई अफिस (टेकु) जानुपर्छ। त्यसपछि सही गरेर, मेडिकल गरेपछि मात्रै तपाई घर जाने भनेर गाडीमा हाले,' गोतामे भन्छन्।

जिल्ला प्रशासनबाट छुटेका उनीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्‍यो। 

अदालतमा गोतामेले आफू भेनेजुएला र इजरायल गएको भनेर बयान दिएका छन्। न्यायाधीश श्रीकृष्ण भट्टराईसमक्ष पेस भएको बयानमा 'विप्लव पार्टीबाटै कम्युनिस्टको कार्यक्रममा भाग लिन भेनेजुएला र इजरायल गएँ' उल्लेख गरिएको छ।

भेनेजुएला र इजरायल गएको भनेपछि ठूलै नेता रहेछन् भन्दै न्यायाधीश भट्टराईले उनलाई बोलाएर सोधेका थिए, तिनै माथिका प्रश्नहरु। भेनेजुएला, इजरायल किन गएको? आदि-इत्यादि।

तर, पहिरन र उनको बोलीले वास्तविकता बोलिरहेको थियो। विप्लव नेकपाले गरेको भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको आन्दोलनमा देखिनु नै राज्य विप्लवको मुद्दा बन्यो। सोही क्रममा बयान लिने बेला भेनेजुएला भएको भनेर सोध्दा गोतामेले 'हो' भनेर बोलेका थिए।

पछि न्यायाधीशसँग प्रस्ट्याउँदै उनले भने, 'मैले भेनेजुएला प्रकरणको आन्दोलनमा गएको भनेको हो। भेनेजुएला त के म रक्सौल त गएको छैन।'

त्यस्तै विप्लव नेकपा पार्टीबाटै इजरायल समेत गएको भन्दै उनलाई बयान गराइएको थियो। 

यसको वास्तविकता भने यस्तो रहेछ। इजरायलको एक संस्थाले दिएको भूकम्प प्रतिरोधी घर बनाउने तालिममा उनले भाग लिएका रहेछन्। सोही विषयलाई इजरायलसमेत गएको उल्लेख गरेर बयान पेस भएको रहेछ।

उनी भेनेजुएला र इजरायल गएको भए त्यसको ट्राभल डकुमेन्ट र पासपोर्टसमेत प्रहरीले अदालतमा पेस गर्न सकेको थिएन। यसरी बिनाप्रमाण अदालत पेस भएका उनलाई राज्य विप्लवको मुद्दा लगाउँदै २५ वर्षसम्म जेल सजाय हुनुपर्ने माग गरिएको थियो।

उनी विप्लव समूहको सिन्धुपाल्चोकको सुकुम्बासी संघमासमेत आबद्ध भएको उल्लेख गरिएको छ। यस विषयमा गोतामेले भने, 'वैद्य माओवादी हुँदासम्म थिएँ। केही जग्गा पाइन्छ कि भन्ने आशामा बसेको। पछि त्यहाँबाट हटेँ।'

भेनेजुएला, इजरायलसमेत गएको नेदेखिएको, प्रमाणसमेत नभएको र जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरिसकेपछि हतकडीसमेत नखोली प्रशासन कार्यालयबाटै पक्राउ गर्नु न्यायसंगत नदेखिएको भन्दै न्यायाधीश भट्टराईले उनलाई रिहा हुने आदेश दिए।

त्यसपछि केही खुसीको महसुस गरेका गोतामेले भने, 'मेरो ससुरा त उ: बेलाको प्रधानपञ्च, म आफैंले झापामा चक्र बाँस्तोलालाई भोट हालेको मान्छे, म विप्लव हुँदो हुँ त? विप्लवको नाममा कहिलेसम्म धरपकड गर्ने हामीलाई?' 

अझ उनले अर्को रोचक किस्सा सुनाए। 

'नागरिकता त चाहिँदैन भन्दै नबनाई बसेको थिएँ। सिडिओ कार्यालयको घर बनाउने क्रममा सिडिओले सोधे, 'ए, नागरिकता छ कि छैन? मैले छैन भनेँ। ल बाउको नागरिकता लिएर आइज भने सिडिओले,' उनी सुनाउँछन्।

त्यसपछि मात्रै उनको नागरिकता बन्यो। 

प्रहरीले भने गोतामेले विप्लव समूहमा लागेर हिंसात्मक गतिविधि गर्दै आएको दाबी गरेको छ। 

नेपाल लाइभसँगको छोटो कुराकानीमा पनि गोतामे हतारो भावमा देखिन्थे। उनी छिटो अदालत परिसरबाट उम्कन खोजिरहेका थिए, सायद फेरि पक्राउ पर्ने भय उनमा थियो। 

विप्लव समूहको जुलुसमा देखिएकै भरमा कुनै आपराधिक गतिविधि नगरेको व्यक्तिलाई पक्राउ गरिएपछि यसबारे हामीले प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेललाई सोधेका थियौं। उनले कुनै सर्वसाधारण जीवनयापन गरेको व्यक्तिलाई दु:ख दिने प्रहरीको मनसाय नभएको बताए। फिल्डमा खटिने सम्बन्धित कमान्डरलाई यसबारेमा समेत जानकारी गराइएको उनको भनाइ छ।

राज्यद्रोहको मुद्दामा फस्दै निर्दोष
दुई हप्ताअघि मात्रै जिल्ला अदालत काठमाडौंले विप्लव समूहको कार्यकर्ता भन्दै गलत व्यक्तिलाई अभियोजन गरी राज्यद्रोहको मुद्दा लगाएको ठहर गर्दै  मुद्दा दायर गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकृतलाई मुलुकी संहिता अनुसार कारबाही हुने चेतावनी दिएको थियो ।

राज्य विद्रोहका कुनै पनि गतिविधिमा संलग्न भएको प्रमाण पेस नगरी मुद्दा मात्र दायर गरेको भन्दै सरकारी वकिल र अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो चेतावनी दिएको थियो। राज्यद्रोहमा २५ वर्ष कैद सजाय माग भएको व्यक्ति निर्दोष र यस्ता गतिविधिमा संलग्न नभएको बयान सरकारले पेस गरेको साक्षीले दिएका थिए। त्यसपछि जिल्ला न्यायाधीश भट्टराईको इजलासले मुलुकी फौजदारी संहिताको दफा ९९ लाई ध्यानाकर्षण गर्दै अनुसन्धान अधिकारी र मुद्दा दायर गर्ने अधिकारीको बदनियत देखिएको टिप्पणी फैसलामा उल्लेख गरेका थिए। 

विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व माओवादी कार्यकर्ता लोकप्रसाद गौतमको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो।

तर भट्टराईको इजलासले यस्तो निर्देशन दिएको केही समयपछि पुन: निर्दोष व्यक्ति गोतामेलाई २५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको पाइएको हो। 

मुलुकी संहितको दफा ९९ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने उल्लेख छ। दफा ९९ मा ‘कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउन वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्ने वा अभियोग लगाउन हुँदैन’ भनी उल्लेख छ। यस्तो कसुर गर्ने वा गराउनेलाई ६ महिना कैद र पाँच हजार जरिवाना वा दुवै सजाय हुने उक्त व्यवस्थामा उल्लेख छ।

यो पनि : विप्लव समूहको कार्यकर्ता दाबी गर्दै मुद्दा हाल्दा झन्डै फसेनन् सरकारी वकिल र प्रहरी

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्