• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महिनावारी सम्बन्धी यी ५ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १८:२०
1140x725

के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ। जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः

१. महिनावारीका बेला पनि गर्भ रहन सक्छः युगौं पुरानो भनाइ चटक्कै बिर्सिदिनुहोेस् र याद राख्नुहोस् कि महिनावारीका बेला पनि तपाईं गर्भवती हुन सक्नुहुन्छ। यसका केही कारण छन्। पहिलो, महिनैपिच्छे डिम्बासयले डिम्बा निष्क्रमण गर्दा (ओभुलेसन हुँदा) केही महिलामा रगत आउँछ, यसलाई झुक्किएर महिलाले महिनावारी मान्न सक्छन्। डिम्ब निष्क्रमण हुँदाको समय महिलाको प्रजनन् क्षमता सर्वाधिक हुने हुँदा यसबेला गर्भवती हुने सम्भावना अत्यधिक हुन्छ। त्यसैले यस्तो बेला यौन सम्पर्क गर्दा गर्भ रहन सक्छ।

दोस्रो, कुनै महिलाको महिनावारी भइसकेपछि वा रगत आउन रोकिएको केही दिनपछि डिम्बा निष्क्रमण हुन सक्छ। महिलाको शरीरभित्र शुक्रकीट ३ दिनसम्म जीवित÷सक्रिय हुने भएकाले महिनावारीका बेला गरिने यौन सम्पर्कबाट गर्भवती हुने सम्भावना रहन्छ।

२. पिल्स (गर्भ निरोधक चक्की) खाएका बेला हुने महिनावारी वास्तविक होइनः पिल्स खाएका बेला पनि महिलालाई रगत आउँछ, तर त्यो महिनावारी भने होइन। सामान्य अवस्थाको महिनावारीभन्दा पिल्स खाएका बेलाको महिनावारी फरक छ। किनभने ३ साता हर्मोनयुक्त पिल्स खाँदा त्यसले डिम्बासयबाट डिम्बा निष्क्रमण हुन दिँदैन तर महिलाको शरीरले डिम्बा निष्क्रमण नभए पनि त्यसको तयारी गरिरहेको हुन्छ। फलस्वरुप हर्मोनको लेभल शरीरमा घट्छ। चौथो साता हर्मोनबिनाको चक्की खाँदा गर्भाशयभित्र रक्तस्राव हुन्छ र त्यसलाई महिलाले महिनावारी भएको मान्छन्।

३. जीवनभर महिनावारी परिवर्तन भइरहन्छः जब तपाईंलाई अब म यतिबेला महिनावारी हुन्छु भनेर अनुमान गर्न सक्छु भन्ने लाग्छ, त्यतिबेलै फेरि सबै कुरा परिवर्तन हुन सक्छ। यसो हुनुको एकमात्र कारण महिलाको शरीरमा निरन्तर परिवर्तन भइरहने हर्मोनको मात्रा हो। र, तपाईंले हेक्का राख्नुपर्ने कुरा के हो भने तपाईंको जीवनभर नै हर्मोनको मात्रा परिवर्तन भइरहन्छ।

कुनै महिलामा महिनावारी सुरु हुँदाका बेला महिनावारी चक्र लामो हुन सक्छ। अर्थात् दुई महिनावारीबीच लामो समयको फरक हुन सक्छ। सामान्यतया किशोरीहरूको दुई महिनावारीको फरक २१ देखि ४५ दिनसम्म हुन सक्छ। तर, उमेर बढ्दै जाँदा फरक घद्दै गएर २१ दिनदेखि ३५ दिनसम्म हुन सक्छ।

अझ ‘पेरिमेनोपज’ (महिनावारी सुक्ने ‘मेनोपज’ अघिका वर्षहरू) महिलामा हर्मोनको मात्रामा धेरै परिवर्तन हुन्छ। शरीरमा ‘एस्ट्रोजन’ हर्मोनको कमीले तपाईं चकित पर्न सक्नु हुन्छ। महिनावारी वर या पर सर्न सक्छ। त्यस्तै, दिन पनि अघि–पछि हुन सक्छ, रगत बढी वा थोरै जान सक्छ। मेनोपज हुनुअघि पेरिमेनोपजको समय १० वर्षसम्म पनि हुन सक्छ।

यस्ता परिवर्तन बिस्तारै हुनु सामान्य हो। तर, एक्कासी अत्यधिक रक्तस्राव भएमा वा महिनावारी धेरै अघि–पछि भएमा (असामान्य रुपमा अनियमित) चिकित्सकसँग परामर्श गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

४. ‘स्यानिटरी प्याड’ र ‘टेम्पन्स’ मात्र विकल्प होइनन्ः महिनावारीका बेला सफा रहन स्यानिटरी प्याड र टेम्पन्स मात्र विकल्प होइनन्। तपाईं अन्य विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ। बजारमा पाइने ‘मेन्स्ट्रुअल कप’ पनि यसको विकल्प हुन सक्छ। साथ, ‘पिरियड प्यान्टी’ र फेरि प्रयोग गर्न मिल्ने कपडाका प्याड (क्लोथ प्याड) पनि विकल्प हुन सक्छन्।

यीमध्ये पुनः प्रयोग गर्न सकिने भएकाले किफायती र फोहोर पनि थोरै हुन्छ। कुनै–कुनैले लामो समयसम्म तपाईंलाई राहत दिन र सुरक्षित राख्न सक्छन्। यी सबैका फरक–फरक फाइदा र बेफाइदा छन्, त्यसैले आफूलाई उपयुक्त हुने विकल्प रोज्न सक्नुहुन्छ।

५. ‘पिएमएस’ अझै पनि रहस्यमयः महिनावारी सुरु हुनुभन्दा एक–दुई साताअघि कतिपय महिलामा अल्छीपन, सुन्निने/फुल्ने, छिनछिनमा मनोदशा फेरिने, यौनको उत्कट इच्छा जाग्ने जस्ता लक्षण देखिन सक्छन्। हरेक महिला अरुभन्दा फरक हुन्छिन्, तर पिएमएस (प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम) भने अधिकांश महिलाको जीवनमा तीतो यथार्थ हो।

पिएमएस अर्थात् महिनावारी पूर्व महिलामा देखिने लक्षणबारे चिकित्सकहरू पनि खासै केही बताउन सक्दैनन्। अहिलेसम्म यसबारे पर्याप्त अनुसन्धान भइसकेको छैन। सम्भवतः महिनावारीका बेला हर्मोनमा हुने परिवर्तन, मस्तिष्कमा हुने रासायनिक परिवर्तन र अन्य भावनात्मक परिवर्तन एकै पटक हुँदाको प्रभाव स्वरुप डिप्रेसन आउन सक्छ र यसले पिएमएस अनुभूतिलाई अझ खराब पार्न सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिनावारी भएका बेलासमेत यी लक्षण रहिरहन सक्छन्। एउटा अध्ययनले महिनावारीका बेला मांसपेशी बाउँडिने, सुन्निने/फुल्ने, ढाडको दुखाइ, टाउको दुख्ने आदिले चिन्तन/सोचमा पनि असर पार्ने देखायो। किनभने दुखाइले काममा, सोचविचारमा एकाग्रता भंग गर्छ। सबै महिलालाई यस्तो अनुभव हुन्छ, तर केही गर्नै नसक्ने भने होइन, अलि बढी कष्ट गर्नुपर्ने हुन सक्छ।

पिएमएस सम्बन्धी कष्टबाट मुक्ति पाउने सर्वोत्तम उपाय भनेको जीवनशैली परिवर्तन गर्नु हो। यसका लागि नियमित आधा घन्टा व्यायाम गर्ने, राति ८ घन्टा सुत्ने, धूमपान नगर्ने, अल्कोहल सेवन नगर्ने र समयमा सन्तुलित भोजन गर्नुपर्छ। भोजनमा फलफूल, हरिया सागसब्जी र खाद्यान्नको मात्रा बढी र नुन, चिनी, क्याफिन र अल्कोहलको मात्रा भने सकेसम्म न्यून हुनु उत्तम हुन्छ।

तपाईंको दैनिक जीवनयापनमा पिएमएसले असर पारे, डिप्रेसन वा एन्जाइटीका लक्षण देखिए चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। यसभन्दा पनि गम्भीर अवस्था मानिने पिएमडिडी (प्रि–मेन्स्ट्रुअल डिस्फोरिक डिस्अर्डर) भए उपचार नै गर्नुपर्ने हुन्छ। –वेबएमडी

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्