काठमाडौं- संसदको राज्य व्यवस्था समितिले निजामती सेवा अन्तर्गतको सरकारी सेवाका कर्मचारीको उमेरहद २ वर्ष बढाउने सहमति जुटाएको छ।
सरकारी सेवामा रहने कर्मचारीको उमेर हद अब ६० वर्ष हुने भएको छ। तर यो व्यवस्था विस २०२१ पछि जन्म भएका कर्मचारीको हकमा मात्र लागू हुने छ।
हालसम्म निजामति कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष छ।
निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्न ल्याएको संघीय निजामती ऐनसम्बन्धी विधेयकमा सहमति गर्दै राज्य व्यवस्थाले यस्तो सहमति गरेको हो।
बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउने सहमति भएको हो।
उमेर हदका सम्बन्धमा विवाद हुँदै आएको थियो।
पछिल्लो समय नेपालीको औषत आयु बढेकाले व्यक्ति सक्रिय हुने अवधि पनि लम्बिएकाले उमेर हद बढाउने पक्षमा सहमति जुटेको समितिले जनाएको छ।
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।