काठमाडौँ- नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताएका छन्।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए।
नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) का भारत संयोजक कोसियारीले प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि भएको बताउँदै संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुसी व्यक्त गरे।
नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै उनले भने, 'भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनी जस्तै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।