काठमाडौं– नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले पदभार ग्रहण गरेका छन्। पदभारपछि उनले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्।
सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा पदबहाली गर्दा उनले पहिलो निर्णय गरेका हुन्।
रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए। सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए ।
रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य हुन्। विसं २०१० मा ओखलढुङ्गामा जन्मिएका पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।