काठमाडौं- अर्थमन्त्रीको रुपमा आजै नियुक्त भएका डा युवराज खतिवडाले बैसाख १ गतेबाट इ-पेमेन्ट लागू गर्ने प्रस्ताव सदर गर्ने निर्णय गरेका छन्।
अर्थमन्त्रीको उक्त निर्णयपछि अब अनलाइनबाटै सेवाग्राहीले भुक्तानी गर्न पाउनेछन्। गैरराजनीतिक व्यक्तिको रुपमा पहिलोपटक अर्थविद् खतिवडा अर्थमन्त्रीको रुपमा नियुक्त भएका हुन्।
अर्थतन्त्रमा संकट आइरहेको चर्चाका बीच खतिवडा उक्त चुनौती सम्हाल्न आइपुगेका छन्। एमालेभित्रै वरिष्ठ नेताहरुले अर्थमन्त्री माग गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले खतिवडालाई उक्त जिम्मेवारी दिएका हुन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर अर्थ मन्त्रालय पुगेका खतिवडाले पहिलो निर्णयको रुपमा अनलाइन पेमेन्टको प्रस्ताव सदर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।