काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सीमा अतिक्रमणका विषयमा भारत सरकारसँग वार्ता सुरु भइसकेको परराष्ट्र मन्त्रीको दाबी, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न समितिको निर्देशन ।
२) मेडिकल कलेजले असुलेको बढी रकम फिर्ता गर्न सरकारले दियो १५ दिने अल्टिमेटम, अटेर गरे ठगी मुद्दा चलाउने, विद्यार्थीहरूले सम्बन्धित जिल्ला प्रशासनमा उजुरी दिन सक्ने ।
३) स्थानीयको विरोध र डा. केसीको नफर्कने अडानपछि डडेल्धुराबाट रित्तै फर्कियो हेलिकोप्टर, सिंगो देश लिपुलेकतिर भएकाले अनशन रोक्न शिक्षामन्त्रीको आग्रह ।
४) विश्वकप छनोटमा नेपालमा हुने खेल भूटानमा खेलाउन एएफसीको स्वीकृति, दशरथ रंगशाला तयार नहुँदा भुटान जानुपर्ने बाध्यता, आफ्नै मैदानमा खेल्ने कुवेतको प्रयास असफल ।
५) र, जाम्बियाद्वारा संयुक्त राष्ट्रसंघको उच्च अदालतमा म्यानमार विरुद्धको मुद्दा दर्ता, ‘तत्काल म्यानमारको रोहिंग्या नरसंहार रोक्न’ आदेश माग ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।