काठमाडौं– प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले २ किलो १ सय ग्राम कोकिनसहित ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ।
ब्राजिलियन नागरिक ६१ वर्षीय सर्जियो ट्रस ओगावालाई प्रहरीले आइतबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
राहदानी नम्बर एफवाई ५७५९३७ का ओगावा कतार एयरवेजको उडानमार्फत ब्राजिलको सापाउलोबाट कतार हुँदै काठमाडौं आएका थिए। उनले ल्याएको सुटकेश संका लागेर जाँच गर्दा फल्स बटम बनाएर कोकिन ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको हो।
उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।