विराटनगर- मोरङको पथरी–शनिश्चरे नगरपालिका १ स्थित जाँतेबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
२४ वर्षीय देउमान गुरुङ नाइट्रोसन ट्याब्लेट सहित पक्राउ परेका हुन्। उनको बारेमा थप अुनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
यस्तै, सुन्दर–हरैचा नगरपालिका ९ बुधबारेस्थित केबी श्रेष्ठको घरबाट तास खेलिरहेका ५ जनालाई नगद २१ हजार ४ सय ९५ र २ बुङ ताससहित ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।