बर्दिया- मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा अपरिचित व्यक्तिले बम विस्फोट गराएका छन्।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आइतबार साँझ नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट भएको स्थानीयबासी विकास केसीले जानकारी दिए।
कार्यालय परिसरमा बम फ्याँकिएको केही मिनेटभित्रै विस्फोट भएको थियो। विस्फोटबाट नगरपालिकाका उपप्रमुखको कार्यकक्षको झ्याल र भित्तामा क्षति पुगेको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।