रुकुम- रुकुम पश्चिममा एक जनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन्।
त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
फागुन ९ गते साँझ दुई जनाबीच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीको भनाइ छ। दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो।
उनको उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए। दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।