• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

लिभरपुललाई कसरी हराउने?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १७:५९
1140x725

काठमाडौं- गएको सिजन च्याम्पियन्स लिगमा स्पेनिस क्बल बार्सिलोनालाई हराएपछि इंग्लिस क्लब लिभरपुलको खुब तारिफ भयो। यो सिजन प्रिमियर लिगमा अपराजित रहेपछि त फुटबल समर्थकहरु दंग पर्दै प्रश्न गर्छन्- ‘लिभरपुलको यो टिमलाई कसरी हराउने?’

केही समर्थकको आश छ, लिभरपुललाई कसरी हराउने म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले राम्ररी बुझेका होलान्। अहिले च्याम्पियन्स लिग समूह चरणमा इटालियन क्लब नापोलीसँग अन्तिम समयमा दुई गोल खाँदै पराजित भएको लिभरपुललाई गएको सिजन भने प्रिमियर लिगमा सिटीले नै कमजोर पारेको थियो। 

गएको सिजन एफए कम्युनिटी सिल्डको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा हराएको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा एक खेल २–१ ले हराएको थियो भने अर्को खेल गोलरहित बराबरी भएको थियो। 

हुन पनि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि जितेको लगातार दुई सिजन भइसक्यो। २०१७–०१८ को सिजन म्यानचेस्टर युनाइटेडभन्दा १९ अंकले अघि रहँदै उपाधि जितेको सिटीले २०१८–०१९ मा उपाधि जित्दा लिभरपुलसँग १ अंकको मात्रै अग्रता बनाउन सक्यो।   

जारी सिजन त ११ खेल खेल्दा म्यानचेस्टर सिटी लिभरपुलभन्दा ६ अंकले पछि छ। लिग यात्रा अझ लामो रहे पनि गएको सिजन च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुललाई रोक्न सिटीलाई सहज छैन। आइतबार राति १०ः१५ मा उनै लिभरपुल र म्यानचेस्टर सिटीबीच खेल हुँदैछ। जहाँ लिभरपुललाई अग्रता बढाउन र म्यानचेस्टर सिटीलाई अग्रता घटाउन कडा मेहनत पर्नेछ। 

म्यानचेस्टर सिटीले प्रिमियर लिगको यो सिजन अहिलेसम्मका ११ खेलमा आठ खेल जितेको छ। एक खेल बराबरी गरेको छ भने दुई खेल हारेको छ। लिभरपुलले ११ खेलमा १० खेल जितेको छ, एक खेल बराबरी गरेको छ। अपराजित रहेको लिभरपुल आइतबार राति आफ्नै मैदानमा सिटीको सामना गर्न तयार छ। लिभरपुल मैदान एन्फिल्ड घरेलु टिमका लागि धेरैपटक १२ औँ खेलाडी बनिसकेको छ। यसैले बढी दबाब म्यानचेस्टर सिटीलाई नै हुनेछ। 

सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि जितेपछि लिभरपुलले उपाधि जित्न सकेको छैन। प्रिमियर लिगमा कमजोर बनिरहेको लिभरपुललाई ३० वर्षसम्मको उपाधिको भोक ठूलो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आधुनिक फुटबलमा उपाधिबाट टाढिएको लिभरपुल २००२, २००९, २०१४ र गएको सिजन २०१९ मा दोस्रो भएको थियो। गएको सिजन च्याम्पियन्स लिग उचालेर थप हौसिएको लिभरपुल यसपटक इंग्लिस च्याम्पियनको दौडमा विशेष ख्याल गरिरहेको छ। यसैले म्यानचेस्टर सिटीलाई हराउँदै ९ अंकको अगंता बनाउन सके लिभरपुल उपाधि दौडमा धेरै अघि बढ्नेछ। 

प्रशिक्षक जर्गेन क्लोपको प्रशिक्षणमा लिभरपुलले पछिल्लो ५० खेलमा ४१ खेल जितेको छ, ८ खेल बराबरी गरेको छ भने एक खेल हारेको छ। हारेको खेल उही म्यानचेस्टर सिटीसँग गएको सिजनको अन्तिमतिर थियो। जुन हारले उपाधि म्यानचेस्टर सिटीतिर पुग्यो। यसैले आइतबार राति हुने खेल फुटबल मात्रै हुने छैन। दुवै प्रशिक्षकको दिमागी प्रतिस्पर्धा ठूलो हुनेछ। 

म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन लिभरपुलसँगको खेलमा हुने छैनन्। चोटका कारण बाहिर रहेका उनी मैदान फर्किन सकेका छैनन्। उनको स्थानमा क्लाउडियो ब्राभोलाई खेलाउने तयारीमा गार्डिओला छन्। सिटीबाटै डेभिड सिल्भालाई खेलाउने नखेलाउने दोधार बढेका बेला अभ्यासमा अनुपस्थित लिभरपुलका जोर्डन हेन्डरसन र भर्जिल भ्यान डाइक भने टिममा फर्किएका छन्। 

Xtrem

Xtrem

‘खेलका हिसाबले भन्ने हो भने लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल असाध्यै प्रतिस्पर्धात्मक भिडन्त बन्न थालिसकेको छ। यसरी प्रतिस्पर्धा हुनु भनेको दुवै टिम बलियो देखिनु पनि हो, जुन खुसीको कुरा हो’ लिभरपुल प्रशिक्षक क्लोप भन्छन्, ‘म्यानचेस्टर सिटीविरुद्ध खेल्दा बलियो बन्न सकिएन भने अंक जोड्ने आश नगरे पनि हुन्छ। हरेक खेलाडी आफू बलियो बनेर प्रस्तुत हुनेछन्।’

लिभरपुल प्रशिक्षक क्लोपको जस्तै छ म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिओलाको विचार पनि। उनी भन्छन्– ‘मलाई यति मात्रै आश छ, मेरा खेलाडीहरु अन्तिमसम्म उस्तै मेहनतले खेलिरहुन्। लिभरपुल यस्तो टिम हो जो गएको सिजन एक खेलमा मात्रै पराजित भयो र यो सिजन त अपराजित छ। यसैले उनीहरुले अरु खेल हार्लान भनेर आश गर्ने समय छैन।’ 

दुई प्रशिक्षकलाई तुलना गर्दा पनि दुवैको ‘माइन्ड गेम’ को शैली निकै आकर्षक छ। गार्डिओलाले क्लोपविरुद्ध सबै प्रतिस्पर्धामा गरेर १७ खेलमा ७ खेल मात्रै हारेका छन्। त्यो पनि कुनै पनि प्रशिक्षकविरुद्ध गार्डिओलाले हारेको सबैभन्दा धेरै खेल हो। 

एन्फिल्डमा म्यानचेस्टर सिटीविरुद्धको १६ खेलमा लिभरपुल अपराजित छ। सबै गरेर हेर्दा त घरेलु मैदानमा लिभरपुल पछिल्लो ४५ खेलमा अपराजित छ। जुन प्रिमियर लिग इतिहासमा नै दोस्रो हो। 

अवे मैदानमा लिभरपुलविरुद्ध म्यानचेस्टर सिटीको इतिहास पनि बलियो छैन। लिभरपुलसँगको अवे खेलमा म्यानचेस्टर सिटी १६ खेलमा जितविहीन छ। जसमा ११ खेल हारेको छ भने ५ खेल बराबरी भएको छ। पछिल्लो पाँच प्रिमियर लिग भेटमा भने म्यानचेस्टर सिटीले लिभरपुलसँग दुई खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ। 

पछिल्लो १२ प्रिमियर लिग अवे खेललाई हेर्ने हो भने म्यानचेस्टर सिटीले ११ खेल जितेको छ। त्यसमा पनि ३० गोल गरेको आँकडा चानचुने भने होइन। यस्तोमा फुटबल पण्डितहरु लिभरपुलका प्रशिक्षक क्लोपलाई अप्ठ्यारो परिरहेको ३–५–२ को फर्मेसनमा म्यानचेस्टर सिटीले खेल्ने हो भने जितमा बढ्न सक्ने बताइरहेका छन्। तर प्राय ४–३–३ को शैलीमा प्रस्तुत हुने गार्डिओलाले क्लोपविरुद्ध नयाँ के सोचेका छन् त्यो सहजै भन्न सकिँदैन। 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस्
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं आइतबार, असोज १८, २०८३
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन आइतबार, असोज १८, २०८३
नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख डलर सहयोग आइतबार, असोज १८, २०८३
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्