काठमाडौं– चाँदी आयात गर्दा ५० हजार घुस लिने एयरपोर्टस्थित भन्सार कार्यालयका कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु सरहको पदमा कार्यरत राजदीप शाक्यलाई पक्राउ गरेको हो।
एक व्यवसायीले २ टन चाँदी आयात गरेकोमा ५६ लाख रुपैयाँ भन्सार राजश्व तिरेका थिए।
नियमअनुसार राजश्व तिरेपछि पनि उनले आफुहरुलाई समेत पैसा दिनुपर्ने भन्दै घुस मागेका थिए। ती व्यापारीले अख्तियारलाई खबर गरेर पैसा दिएका हुन्।
५६ वर्षिय शाक्य अकावशप्राप्त अधिकृत हुन्। अवकाशपछि उनी नासु सरहको पदमा एयरपोर्ट भन्सारको सुनचाँदी तथा हिरा परिक्षण कक्षमा काम गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।