मुम्बई (एजेन्सी)– बलिउडकी चर्चित नायिका श्रीदेवीको पार्थिव शरीर अनिल अम्बानीको नीजि विमानबाट भारत ल्याउने तयारी भइरहेको छ। अम्बानीको नीजि विमान मुम्बईबाट दुबईतर्फ उडिसकेको मिडियाले जनाएका छन्। भारतीय समयअनुसार श्रीदेवीको पार्थिव शरीर लिन गएको विमान नेपाली समयअनुसार करिब पौने दश बजे दुबईबाट मुम्बई फर्किने छ। विहान २–३ बजेसम्म विमान मुम्बईमा अवतरण गर्ने सम्भावना रहेको छ।
श्रीदेवीको पार्थिव शरीरलाई सोमबार मुम्बईको अन्धेरीस्थित उनको घरमा बिहान ७ देखि १० बजेसम्म श्रद्धान्जलीका लागि राखिने र दिउँसो १ बजे अन्तिम संस्कारका लागि लगिने बताइएको छ।
भारतीय दुतावासका अनुसार श्रीदेवीको शरीरको पोस्ट मर्डम भइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पुरा भएपछि दुबई सरकारले उनको शरीरलाई भारत फर्काउन स्विकृति प्रदान गर्नेछ। ५४ वर्षीय श्रीदेवीको शनिवार राती दुबईमा हद्यघातका कारण निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।