काठमाडौं - नेपाल तरुण दलले उपनिर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन निर्वाचन यात्रा सुरु गरेको छ।
‘कांग्रेस जिताऔ अभियान’को प्रारम्भ आइतबार विहानबाट भक्तपुर १ को ‘क’ बाट सुरु गरिएको छ। अभियान पोखरा, बाग्लुङ, चितवन,दाङ हुँदै कोहलपुरसम्म पुगेर सकिने तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिए।
चुनावी अभियानमा उपनिर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, र्याली, घर दैलो, सभा, युवाहरुसँग अन्तरक्रिया गरिने शाहीले जानकारी गराए। अभियान प्रभावकारी बनाउन मतदाताहरुसँग गरिने तरुण दलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।