काठमाडौं– गुन्डागर्दीविरुद्ध प्रहरी आक्रमक बन्दै गएको छ। रुपन्देहीमा दुई गुन्डा इन्कान्टरमा मारिएपछि विराटनगरमा आतंक मच्चाउदै आएका एक गुन्डा नाइके पक्राउ परेका छन्। व्यवसायीलाई हत्या प्रयासको आरोपमा फरार रहेका एलिश गुरुङ पक्राउ परेका छन्।
विराटनगरको महेन्द्रचोक नजिकैको एक रेष्टुरेन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
विराटनगरका व्यवसायी पशुपति भगतमाथि माघ ५ गते गुरुङको योजनामा आक्रमण भएको थियो। त्यसयता फरार रहेका उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको मोरङका एसपी अरुण बिसीले बताए।
जग्गाको कारोबारसम्बन्धि विषयमा आफुहरुले भनेको नमानेको आरोपमा व्यवसायी भगतमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। पक्राउ परेका गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ।
गुरुङको समूहले विराटनगरका धेरै व्यवसायी तथा ठेकदारहरुलाई धम्काउदै आएको थियो।
पछिल्लो समय देशभरी प्रहरीले गुन्डागर्दीविरुद्ध आक्रामक कारबाही सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।