• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

'महाविभाजनकारी’ लेख्ने पत्रकारप्रति मोदी सरकारको इगो, ओसिआई कार्ड रद्द गरियो

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २३, २०७६  १०:३५
1140x725

एजेन्सी- बेलायती लेखक तथा पत्रकार आतिश अली तासिरले भारतीय मुलका विदेशीलाई दिइने ओभरसिज सिटिजन अफ इन्डिया (ओसिआई) कार्ड भारत सरकारले खोसि दिएको बताएका छन् । कुटिल योजना अनुसार आफ्नो ओसिआई कार्ड रद्द गरिएको उनले आरोप लगाएका छन्।

केही समयअघि तासिरले अमेरिकी चर्चित म्यागेजिन ‘टाइम’मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘इन्डियाज् डिभाइडर इन चिफ’ अर्थात् ‘महाविभाजनकारी’ भन्दै एक लेख लेखेका थिए। कतिपयले यहि लेखलाई उनको ओसिआईको प्रमाणपत्रको खारेजीसँग पनि जोडेर हेर्न थालेका छन्।

बिहीबार भारतीय गृह मन्त्रालयले आतिशले आफ्नो बुबा पाकिस्तानी मूलका हुन् भन्ने विवरण लुकाएको भन्दै उनको ओसिआईको प्रमाणपत्र रद्द गरिदिएको थियो। तर आतिशले भने आफूलाई जवाफ दिनका लागि पर्याप्त समय नदिई प्रमाणपत्र रद्द गरिदिएको दाबी गरेका छन्। उनका बुबा सलमान तासिर पाकिस्ताका उदारवादी नेता थिए।

उनलाई उनकै अंगरक्षकले इशनिन्दा (ईश्वरको निन्दा) कानुनको विपक्षमा बोलेको भन्दै गोली हानी हत्या गरेका थिए। तासिरकी आमा भारतकै एक चर्चित पत्रकार तवलिन सिंह हुन्।

ओसिआई कार्डले भारतीय मूलका विदेशीहरुलाई भारत आएर भारतमै रही काम गर्ने अधिकार प्रदान गर्दछ। तर, उनीहरुलाई भोट दिने र संवैधानिक पद प्राप्त गर्ने जस्ता अन्य अधिकार भने हुँदैन।

फैसलाप्रति आसिफको प्रतिक्रिया 
आसिफ अली तासिरले बिबिसी संवाददाता सौतिक विश्वासलाई आफ्नो ओसिआई कार्ड रद्द गरिएको फैसलाबाट निकै ठूलो चोट पुगेको बताए। उनी भन्छन्, ‘धेरै नै कुटिल सोचले यो योजना बनाइएको छ।’

‘पहिला उनीहरुले उनीहरुकै एक व्यक्तिबाट मलाई‚ ‘उग्र इस्लामी’ भन्न लगाएर मेरो छवि खराब गराए त्यसपछि यही घटनालाई मिडियामा लिक गराए‚’ उनले भने। आसिफले बताए अनुसार उनीसँग सन् २००० देखि नै ओसिआई कार्ड छ। आसिफ २ वर्षदेखि १० वर्षसम्म र २६ वर्षदेखि ३५ वर्षको उमेरसम्म भारतमै रहेका थिए। उनीसँग भारतकै बैंकमा खाता र आफ्नै आधार कार्ड भएको भन्दै भारतमा आफूले ट्याक्स पनि बुझाउँदै आएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘मेरो बुबाको नाम यी कागजातहरूमा लेखिएको छ। मसँग यिनलाई प्रमाणित गर्ने अन्य कुनै पनि प्रमाण छैन किनकि हामीबिच कुनैपनि सम्पर्क नै थिएन। आमा पनि उहाँसँग छुट्टिएर बस्नुभएको थियो‚’ उनले भने। उनले आफ्नो बुबासँगको सम्बन्धको बारेमा विस्तृत रुपमा एक किताबमा लेखेका थिए जुन सन् २००७ मा प्रकाशित भएको थियो।

उनका आमा र बुबाको विवाह नभएकोले कानुनतः आमा नै अभिभावक भएको कुरा आसिफले आफ्नो जवाफमा लेखेका छन्।

‘यदि मेरो बारेमा कुनै भ्रम थियो भने मसँग सोध्न सकिन्थ्यो किनकी उनीहरुलाई थाहा थियो कि मैले जानेरै पनि केहि गलत गरेको छैन। आफ्नो बुबाको नाम लुकाउने कुरै उठ्दैन। ‘मेरो बुबाको नाम कागजातमा उल्लेख छ र म उहाँका बारेमा लेख्दै पनि आएको छु‚’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना के थियो? 
घटनाको सुरुवात बिहीबार अंग्रेजी न्युज वेबसाइट ‘द प्रिन्ट’को एक लेखबाट भएको थियो जसमा ‘भारतीय सरकार टाइम पत्रिकामा मोदीको आलोचनाबारे लेखिएको लेखलाई लिएर तासिरको ओसिआई कार्ड रद्द गर्ने बारे विचार गरिरहेको छ‚’ भनी लेखिएको थियो। ‘टाइम’को यो वर्षको मे महिनाको अंकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर तासिरले एक लेख लेखेका थिए।

म्यागेजिनको अन्तर्राष्ट्रिय संस्करणको आवरण पृष्ठमा छापिएको उक्त लेखको शीर्षकमा नरेन्द्र मोदीको तस्बिर राखी‚‘इन्डियाज् डिभाइडर इन चिफ’ अर्थात् ‘महाविभाजनकारी’ लेखिएको थियो। त्यतिबेला भारत लोकसेवा निर्वाचनमा थियो। यसै लेखलाई लिएर भारतमा धेरै विवाद पनि चुलिएको थियो। तर‚ ‘द प्रिन्ट’को यो स्टोरीमा आपत्ती जनाउँदै गृह मन्त्रालयका प्रवक्ताले बिहिबार राति आफ्नो ट्विटरमा यसलाई ‘गलत हो’ भनेका छन्।

उनले ‘द प्रिन्ट’मा आएको रिपोर्ट पूर्णरुपमा गलत भएको र कुनै पनि तथ्यका आधारमा नभएको बताएका छन्। यसअघि पनि गृह मन्त्रालयका प्रवक्ताले आफ्नो ट्विटर ह्यान्डलमा केही ट्विट गरेका थिए। यिनै ट्विट्मध्ये एक ट्विटमा ‘आतिश अलीले पिआइओ आवेदन दिनेबेलामा आफ्ना बुबा पाकिस्तानी मुलको भएको कुरा लुकाएका थिए’ भनी भनिएको छ।

ट्विटमा तासिरलाई उनको ओसिआई कार्डको सम्बन्धमा जवाफ दिने मौका दिइएको तर उनी उक्त कार्यमा असफल रहेको उल्लेख गरिएको छ।

आतिशले गरे खण्डन 
आतिश अली तासिरले गृह मन्त्रालयको कुरालाई गलत बताउँदै एउटा तस्विर समेत ट्विट गरेका छन् । ‘यो साँचो होइन। मेरो जवाफमा काउन्सिल जनरलको स्वीकृति छ,’ गृह मन्त्रालयका प्रवक्ताको ट्विटलाई खण्डन गर्दै उनले लेखेका छन्, ‘मलाई जवाफ दिनका लागि २१ दिन दिनुपर्नेमा २४ घण्टाको समय दिइयो। त्यसपछि मन्त्रालयको तर्फबाट मलाई कुनै पनि सुचना मिलेको छैन्।’

तासिरले ट्विटका साथसाथै आफ्नो मेलबक्सको एक तस्बिर पनि पोस्ट गरेका छन् जहाँ भारतीय गृह मन्त्रालयबाट प्राप्त एउटा पत्रको विषयमा आफ्नो जवाफ दिएका छन्। साथसाथै डेपुटी काउन्सिल जनरलको एक मेलमा यही जवाफ प्राप्त गरेको उल्लेख समेत गरेका छन्।

यसको लगभग दुई घण्टापछि आफ्नो ओसिआई कार्ड रद्द भएको सूचना ईमेलको ‘स्क्रीनसट’ सेयर गरेका थिए। यसमा विभिन्न नियम उद्धत गरी ओसिआई प्रमाणपत्र रद्द गर्ने सूचना दिँदै न्यूर्योकस्थित भारतीय महावाणिज्य दूतावासमा ओसिआई कार्ड बुझाउनका लागि भनिएको छ।

‘मलाई यो प्राप्त भएको केही घण्टाअघिसम्म पनि गृह मन्त्रालयले उनीहरूलाई मैले दिएको जवाफको बारेमा थाहा नभएको स्वीकार गरेको थिएँ तर जब गृह मन्त्रालय बन्द थियो तब उनीहरू मेरो यस घटनाको समीक्षा उचित अधिकारीबाट गराएर मेरो ओसिआई प्रमाणपत्र रद्द गर्नमा सफल भएका छन्,’ उनले त्यसमा लेखेका छन्। 
बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश किलो गाँजासहित एक जना पक्राउ
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्