• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कर्णाली घुम्न निस्किएकी एक्ली केटी

ऋग्वेद शर्मा/शिव बोहरा शनिबार, कात्तिक २३, २०७६  ०८:००
1140x725

डोल्पा- एकपटक देश त घुम्नै पर्छ। आफ्नै भूगोल बुझिएन भने, मान्छेहरु चिनिएन भने, केही नयाँ स्वाद लिइएन भने जीवनको मज्जा त खेरै पो जाला! फेरि, कोही हिँड्ला र पछि लागौँला भनेर के सोचिबस्नु। एक्लै घुम्नुको मनमौजी आनन्द उठाउन यत्तिकै कहाँ पाइन्छ र? 

झापा दमककी २६ वर्षकी अस्मिता थापाले देश बुझ्ने विचार गरिरहँदा यस्तै-यस्तै सोचिन्। घुम्नुपर्छ भन्ने उनको सोचलाई कहिले पढाइले रोक्यो, कहिले जागिरले। कहिले साथीभाइ नजुट्ने, कहिले घरमा कुरा नमिल्ने। यसपाली भने उनी केहीले रोकिइनन्। ३७ दिनको कर्णाली यात्रामा एक्लै निस्किइन्।

पहिले डोल्पाको फोक्सुण्डो, त्यहाँबाट जुम्ला हुँदै मुगुको रारा, त्यहाँबाट गमगढी झरेर हुम्लाको सिमिकोट हुँदै हिल्सासम्मको यात्रा तय गरिन्। 

‘म एक्लै कर्णाली घुम्न जान लागेको, ३७ दिन लाग्छ’ अस्मिताको यस्तो कुरा सुनेर साथीहरुले भने- ‘ओइ! तँ बोउलाइसिस् कि के हो? के भन्दैछस् थाहा छ? नजा । हेर, भनेको जस्तो सजिलो छैन।’  

साथीहरुलाई सुनाएपछि हौसला देलान्, कसरी जाने, के गर्ने भन्ने सल्लाह होला भन्ने सोचेकी अस्मिताले उल्टै निराशा बटुलिन्। राम्ररी जाउ, आफ्नो विचार गर भन्ने एकैजना पनि देखिएनन्। साथीभाइको साथ नपाए पनि घुम्न निस्कन्छु भनेको दिनदेखि अस्मितालाई उनकी ममिले भने पूरापुर साथ दिइन्। बाबाले हुँदैन भन्दा पनि ममिकै साथले उनी घरबाट निस्किन् सकिन्। 

घुम्न निस्किने हुटहुटी यति थियो कि ‘आइ लभ डोल्पा’ जस्ता फेसबुक पेजदेखि घुमेर आउनेहरुका लेखहरु पढिन्। ट्राभल एण्ड टुरको व्यवसायमा रहेकालाई सोधिन्। केही स्थानीय व्यक्तिको सम्पर्क नम्बर खोजिन्, उनीहरुसँगै ठाउँ र बसोबासका बारेमा बुझिन्। उनलाई आर्थिक रुपमा समेत सहयोग गरिरहेको ‘नेपाली ट्राभलर्स’ बाट धेरै सरसहयोग पाइन्।

अस्मिताको घुम्ने सपनामा थपिएको हुटहुटी पनि ‘नेपाली ट्राभलर्स’ मा रहेका भिडियोहरु हेरेर नै हो। हरेक भिडियोहरु हेर्दा उनलाई लाग्थ्यो- ‘नेपाल गजवै पो रहेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

एक्लै घुम्न निस्किएकाहरुको भिडियो हेर्दा सोच्थिन्- ‘उनीहरु सक्छन् भने म पनि त सक्छु नि।’ 

तब दृढ भइन्- ‘म यसपटक घुमेरै छाड्छु।’ 

‘मलाई यो यात्रामा आउन सम्भव बनाइदिएको नेपाली ट्राभलर्सले नै हो। भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पर्यटन बोर्डको पनि समर्थन पाएकी छु। नेपाली ट्राभलर्समार्फत नै अन्य स्पोन्सरहरु समेत पाएँ’ फोक्सुण्डो तालछेउमा भेटिएकी उनले खुसी हुँदै सुनाइन्। 

एक्लै हिँड्दाको फाइदा के बेफाइदा के त? यसै हो भन्न अस्मितालाई सहज छैन। परिवार र साथीभाइको यादले कतिपय बेला नराम्ररी मन टुटेको छ। 

Xtrem

Xtrem

‘म एक्लै किन हिँडिरहेकी छु?’ मनले आफैलाई प्रश्न गर्छ। 

मनैले जवाफ दिन्छ- ‘एक्लै हिँड्न पाएकी छस् र त आफ्नो समय बाँच्न पाएकी छस्।’

मनबीचका यस्तै प्रश्न र जवाफहरुमा कतिपय बेला स्वयमलाई बुझ्ने समय पाएकाले हौसला आफै नै उचालिएको छ। तब त ‘मैले सक्छु, म बढ्नुपर्छ’ भन्ने सोचभन्दा ठूलो हौसला अरु हुँदैन भन्ने बुझ्न पाएकी छन्। 

नाकै ठोसिने अन्तिम उकालो चढेर झरना छेउको बाटो हुँदै फोक्सुन्डो नजिक पुगेकी उनलाई लाग्यो- ‘यस्तो गजव सुन्दरता देख्न पाइन्छ र त घुम्नुको मजा छ।’ तब त उनले आफू एक्लै छु भन्ने पनि बिर्सिइन्। तालैको निलो पानी आँखामा गहिरो गरी बस्यो। नजिकैको हरियाली र केही परका चट्टाने पहाड पनि अचम्मैसँग सुन्दर लाग्यो। 

यसैले ‘थकाइ लागेको छ?’ भनेर गरेको पहिलो प्रश्नमा उनले मुस्कुराउँदै भनिन्- ‘फोक्सुन्डो ताल देखेपछि सबै थकाइ मेटिएको छ।’

फोक्सुन्डो पुग्दासम्म उनी घरबाट हिँडेको ६ दिन मात्रै भएको थियो। अझै ३१ दिन बाँकी। बाँकी रहेका दिन सम्झिएर उत्साहित हुनु कि अझै यत्रो दिन छ भन्ने सम्झिएर निराश हुनु! मनभित्रको निराश पाटोलाई फोक्सुन्डोले खुसीमा बदलिरह्यो। 

फोक्सुन्डो ताल पुग्ने दिन अस्मिता पाँच घण्टा जति हिँडिन्। त्यसको अघिल्लो दिन झण्डै १२ घण्टा एकोहोरो हिँडेको हिँड्यै थिइन्। त्यसै दिन हो उनी नराम्ररी टुटेको। परिवारको यादले सताएको। एक्लै किन हिँडिरहेकी छु जस्तो लागेको। न फोन टिप्छ न त गफ गर्ने कोही साथी नै सँगै छ।  

त्यस्तो बेला पहाड नै उनको साथी बनिदियो। उनले पूर्वमा देखेको भन्दा भिन्न पहाड। अलि अग्ला। चढ्न अलि बढी कठिन। डोल्पा, उनले सुनेकै डोल्पा जस्तो। विकट। विकटतामा केही दिनको अनुभवले दिने सुन्दरताको भने अथाह सुगमता।  

‘म यसअघि एक्लै कहिल्यै यात्रा गरेको थिइनँ, यो पहिलो पटक हो। यसअघि साथीहरुसँग सगरमाथा बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, पाथीभरा र ताप्लेजुङका पहाड, संखुवासभा भने पुगेकी थिएँ। तर डोल्पा यसअघि घुमेको ठाउँभन्दा साह्रै भिन्न पाएँ’ उनले सुनाइन्। 

घुम्न निस्कनुअघि बनाएको योजना पछ्याएकाले उनले धेरै दुःख आफैले पन्छाउन सकेकी छिन्। तर बनाएका सबै योजना हिँडिसक्दा पूरा भएनन्। कतै आफ्नै गति सोचेभन्दा कम भयो। कतै गाडीले नै ढिला गरिदियो। झापा दमकदेखि कोहलपुर हुँदै रुकुम राडीज्यूला पुग्दा नै समय बितिहाल्यो। राडीज्यूला पुग्दा त रात परिसकेको थियो। त्यसपछि भोलिपल्ट पनि खोला आउनेवित्तिकै जिप फेर्दै जाँदा भनेको समय मिलाउन सहज भएन। जिप छाडेर पनि तीन दिन त उनी उकालै उकालो हिँडिन्। 

एक्लै यात्रा गर्दै छु भन्दा मान्छेहरु प्राय त उनलाई दंग परेर हेरिदिन्छन्। कतिले बुझिसक्दा पनि ‘एक्लै हिँड्नुभएको?’ भनेर फेरि प्रश्न नै थप्छन्। 

यसैले त उनी भन्छिन्- ‘मान्छे हेरेर कतिपय ठाउँमा झुट पनि बोल्नुपर्ने रहेछ। कतिपय मानिसलाई साथीहरु आउँदै हुनुहन्छ म अगाडि हिँडे भनेर ढाँटिदिन्छु। एक्लै आएकी भनेपछि कतिले एक्लै नआउनु भएको भए हुन्थ्यो, साथी लिएर आउनु पर्ने, बिरामी परे के गर्ने भन्दै नमागेको सुझाव दिन थाल्छन्। केहीले भने यत्रो दिन एक्लै हिँडेकी कति साहसी भनेर तारिफ पनि गर्छन्।’

मानिसहरुले भन्नु अघि नै उनी आफैले पनि सोचेकी हुन्- ‘एक्लै हुँदा बिरामी परेँ वा हिँड्न नसक्ने भएँ के गर्ने होला।’

बिरामी परिने सम्भावनालाई नै उनले यात्रामा हुनसक्ने पहिलो अप्ठ्यारोको रुपमा राखेकी थिइन्। तर उनलाई पहिलो अप्ठ्यारो आइपरिदियो- घरको याद।  

‘यात्री बन्न मानिसलाई भिन्नै खाले शक्ति चाहिने रहेछ’ यो अस्मिताको अनुभव हो। त्यही शक्ति हो जसले मनमा खेलिहिँड्ने नकरात्मक कुरालाई पत्तै नदिइ सकारात्मक बनाइदिन्छ। बस्न मन लागेको ढुँगोमा थचक्क बसाइदिन्छ। मन लागेको चौरमा सुस्ताउने समय मिलाइदिन्छ। मन लागेको खोल्सोकै पानी पिएर तिर्खा मेट्ने तागत जुटाइदिन्छ। 

‘केही दिन बित्दा सक्दिनँ कि जस्तो महसुस गरेकी मैले विस्तारै म सक्छु भन्ने बलियो आत्मविश्वास बनाएकी छु। सकिरहेकी पनि छु’ दृढ हुँदै उनले सुनाइन्। 

फोक्सुन्डो हुँदा लागेको हो- यहाँ त आएँ, अब रारा कसरी पुग्नु! सिमिकोट हिल्सा कसरी पुग्नु! तर उस्तै विश्वास जुटाएर जुम्ला पनि पुगियो र रारा पनि। हुम्लाको सिमिकोट हुँदै हिल्सासम्म पनि पुगिन्। 

जसरी फोक्सुन्डोले मन हरेको हो, उसैगरी राराले पनि लोभ्यायो। घटिरहेको हौसलालाई बढाइदियो। राम्रै कुरा भेट्न दुःख गरेकी रहेछु भन्ने लाग्यो। 

यात्राका अनुभव केही घन्टामा सुनाइसक्न, यात्राका अनुभव केही पानामा लेखिसक्न सहज छैन। भोगेका कतिपय कुरा बुझाउन सजिलो पनि छैन। अस्मितालाई पनि कति ठाउँमा बाटो बिर्सिएर गएकै बाटो फर्कनु पर्दा कस्तो भएको थियो भन्ने बुझाउन अप्ठ्यारो परेको छ। भोगाइहरु भनेरै नसकिने लागेका छन्। भोकै हिँड्दाको अनभुव त अझ कसरी बुझाउनु!

अहिले यति भने भन्न सक्छिन्- ‘खानेकुरा जे भेटिन्छ खाइहाल्नु पर्ने रहेछ, समय जाओस् तर भोको नभइयोस्।’ 

डोल्पा त्रिपुराकोटबाट कागनीसम्म एक दिन उनी खाना नखाइ नै हिँडिन्। दुई कप चियाको भरमा लामो बाटो तय गरेपछि लाग्यो- ‘मैले गल्ती गरेँ। अब नखाइ त कहिल्यै हिँड्दिनँ।’

हुन त झोलामा केही खानेकुरा पनि थियो। तर हिँडिरहँदा खाइहालौँ जस्तो भएन। केही खानेकुरासँगै पानीको बोतल, क्यामरा, केही औषधी र मौसमअनुसारका लुगा। हिँड्दा छुटाउनै नहुने कुरा यिनै हुन् जस्तो अस्मितालाई लाग्छ।

‘निस्कनुअघि तयारी गरिरहँदा झोला गह्रौ नै पो भएछ, यसैले फोक्सुन्डो आउने बेलामा कतिपय सामान त त्रिपुराकोटमा नै छाडेँ। त्यति गर्दा पनि बोक्ने सामान १० किलो जति त भइहाल्यो’ उनले सुनाइन्, ‘अहिले माथि आएपछि पनि सामान तल छाडेको ठिक हो जस्तो लागेको छ। आइपुग्ने बेलाको उकालो बाटो अलिकति अप्ठ्यारो नै थियो। थोरै यताउता भए पनि तल पुगिन्छ भन्ने हिँड्दा पनि लागिरहेको थियो।’

अस्मितालाई अहिले भूगोल बुझ्न पाएको जस्तै खुसी मान्छे बुझ्न पाएकोमा पनि छ। बोल्ने शैली, हेर्ने तरिका र व्यवहारको सुरुवातले नै यो व्यक्ति कस्तो हो भन्ने उनले बाटोभरि नै बुझिन्। ‘हुन त हिँडेदेखि राम्रो मान्छेहरु नै भेटेँ। प्राय ठाउँमा त केटी मान्छे नै भेटिन। सबैतिर एक्लै नै थिएँ। होटल सञ्चालकहरु पनि सहयोगी भेटेकाले सहज भयो। नेपालमा एक्लै पनि घुम्न आरामले सकिने रहेछ’ उनले सुनाइन्।

अस्मितालाई यात्राले सिकाएको अर्को पाठ छ- ‘कहिलेकाहीँ पुग्छु भनेको ठाउँमा पुग्न नसकिने पनि हुनसक्छ तर पनि हरेश खानु भने हुँदैन। समय मिलाउने आफ्नै सोचमा भर पर्ने कुरा हो। एकैछिन ढिलो र चाडो पुग्नुले ठूलो असर गर्दैन।’

अस्मिता नर्स पेशामा रहेकाले घुम्दै पुगेका ठाउँमा स्वास्थ्यसेवाको पहुँचबारे पनि बुझिन्। उनी कोशी अञ्चल अस्पतालबाट गौरीगञ्ज पिएचसीमा सरुवा भएको लामो समय भएको पनि छैन। जसोतसो बिदा मिलाएर हिँडेकी उनले बाटोमा पनि स्वास्थ्यका कामबाट पछि हट्ने कुरै भएन। हरेक ठाउँमा सहयोग गर्न नसके पनि स्वास्थ्यलाई लिएर मानिसहरु कति सजग छन् भन्ने सोधखोज गरिन्। केही सल्लाहसुझाव दिइन्। 

‘कर्णालीमा केही रोग लाग्दा महामारी नै फैलिने गरेको बुझिरहेको थिएँ, यहाँ आउँदा स्वास्थ्यको दृष्टिकोणले मानिसहरु कति सचेत छन् भन्ने विषयमा बुझ्ने प्रयास पनि गरेँ। मानिसहरुसँग त्यही ढंगले कुराकानी पनि गरेँ। धेरै ठाउँमा मानिसहरु सचेत नै देखिए पनि स्वास्थ्य सुविधा भने देखिएन’ उनले भनिन्।

घुम्न जानुअघिको उत्साह जस्तो थियो घुम्न हिँड्दाको रोमाञ्चकता र थकान पनि उस्तै। पढेका र सुनेका कुराभन्दा भिन्न हुने देखेका कुरा। गुरुका ज्ञानभन्दा ठूला पाठ। नौलो चिज देख्न र बुझ्न पाउनुको रमाइलोसँगै घर परिवारको सम्झना। अस्मितासँग कर्णाली घुम्दाका यस्तै सुनाएरै नसकिने अनेकौँ किस्सा, घटना र अनुभवका सम्झनाहरु छन्। त्योभन्दा ठूलो ‘एक्लै ३७ दिन घुम्न सकेँ’ भन्नुको गर्वानुभूति!

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्