काठमाडौं– फिल्म ‘जय शम्भु’ निमार्णको घोषणा गरिएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्म युनिटले फिल्म निर्माणको घोषणा गरेको हो। एक्सन लभ स्टोरीमा आधार रहेर निमार्ण घोषणा गरिएको फिल्मलाई रुपेश तामाङले निर्देशन गर्ने भएका छन्।
जुना फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा अनुपविक्रम शाही, वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारको अभिनय रहनेछ।
अरविन्द्र शाक्य निर्माता रहने फिल्ममा राजकुमार नगरकोटी, चक्र पाख्रिन कार्यकारी निर्माता छन्।
अन्नपूर्ण बेसक्याम्प, काठमाडौं जस्ता स्थानमा छायांकन हुने फिल्ममा प्रदीप पोखरेल र अर्जुन पोख्रेलको संगीत रहनेछ भने प्रमोद खरेल, मिना निरौला, अञ्जु पन्त र सुगम पोेखरेलको स्वर रहनेछ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मलाई हरि घले लामाले खिच्नेछन्। फागुन १४ बाट सुटिङ सुरु हुने फिल्म आगामी साउन १ मा प्रदर्शन गरिने लक्ष्य राखिएको निर्देशक रुपेश तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।