एजेन्सी– भारतीय चर्चित अभिनेत्री श्रीदेवी दुबईको इमिरेट्स टावर होटलको बाथरुममा कार्डियाक एरेस्ट भएपछि लडेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बाथरुममा लडेपछि उनलाई दुबईको रासिद अस्पताल लगिएको थियो।
अस्पताल नपुग्दै उनको मृत्यु भइसेको जनाइएको छ। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। उनको पार्थीव शरीर चाटर्ड प्लेनबाट मुम्बइ ल्याइँदैछ। भारतीय सञ्चार माध्यमका अनुसार फरेन्सिक रिर्पोट नआइसकेका कारण उनको पार्विक शरीर भारत ल्याउन ढिलाइ भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।